यूके भेरियेन्ट समुदायमा फैलिरहेको छ भन्ने प्रसस्त आधार छन्



डा. अनुप बास्तोला ।

नेपालमा पनि कोरोनाको दोश्रो अध्याय शुरु भइसकेको छ । बिगत १० दिन यता सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन् । जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो ।

अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ । यसको अर्थ, समुदायमा पत्ता लागेका भन्दा धेरै व्यक्ति संक्रमित भइरहेका छन् भन्ने हुन्छ । यी संकेतहरुले समुदायमा कोरोना भाइरसको दोस्रो छाल व्यवस्थित भइसकेको पुष्टि गर्छ ।
टेकु अस्पतालको आईसीयूमा भर्ना हुने बिरामीको संख्या दिनानुदिन बढ्दो छ । पछिल्ला केही हप्ता संक्रमितको मृत्यु भएको छैन, तर अहिलेको सिकिस्त बिरामीको चाप यही गतिमा बढ्ने हो भने २-३ हप्ताभित्र मृत्युदर बढ्ने आँकलन गर्न सकिन्छ ।

पछिल्ला दिनमा प्रयोगशालामा गरिएका परीक्षणमा ‘एस जिन टार्गेट फेलियर’ (एस जिन नेगेटिभ) को संख्या बढी देखिएको छ । यसले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) समुदायमा फैलिरहेको छ भन्ने विश्वसनीय आधार दिन्छ । विश्वव्यापी उदाहरण हेर्ने हो भने, कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट) बढी संक्रामक र मृत्युदर उच्च रहेको मान्ने आधार प्रसस्त छन् । कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगोजस्तो सल्किँदै गएको मान्न सकिन्छ ।

कोरोना भाइरसको पहिलो छालमा जेष्ठ नागरिक र दीर्घरोगी जोखिममा थिए भने दोस्रो छालमा युवा पुस्ता मात्र होइन बालबालिकासमेत जोखिममा देखिएका छन् । त्यसैले सानोभन्दा सानो पनि लापरबाही नगरौं । लक्षण देखिनासाथ परीक्षण गरौं । धेरैभन्दा धेरै परीक्षण गरौं ।
हामी कोरोना भाइरसको पहिलो चपेटाबाट बाहिर निस्कनै लाग्दा दोस्रो छालको सँघारमा आइपुगेका छौं । जनघनत्व बढी भएका स्थानमा दोस्रो छाल टार्नै नसक्ने गरी फैलिनसक्ने खतराको घण्टी बजिसकेको छ । हामीले सुरक्षा मापदण्डको पालनामा हेलचेक्र्याइँ फिटिक्कै गर्नु हुँदैन ।

कोरोना भाइरसको दोस्रो छाल सम्भावित जोखिमसहित फैलियो भने, हामी अर्को भूमरीमा पर्ने निश्चित छ । हामीले अझै व्यवस्थित र योजनाबद्ध तयारी गर्नुपर्ने हुन्छ । तसर्थ, भीडभाड रोकौं । बच्चाहरुलाई घरमै सुरक्षित राखौं, मापदण्ड पूर्ण पालना गरौं । आफू बचौं, अरुलाई पनि बचाऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो

सुमना श्रेष्ठ । साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने

झापामा मोटरसाइकल र जीप आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

  भद्रपुर ।  झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको

कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । दुई दिने नेपाल भ्रमणका लागि मंगलबार काठमाडौं आएका कतारका अमिर शेख

तराईका केही स्थानमा हुरीबतासको चेतावनी, बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै