काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ । आइतबार नेपाल पक्षले २२५ सदस्यीय काठमाडौं जिल्ला कमिटी घोषणा गरेको छ ।
नेपाल पक्षले काठमाडौं जिल्ला अध्यक्षमा वसन्त मानन्धर, उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र उपसचिवमा एलपी श्रेष्ठलाई चयन गरेको छ । बुद्धनगर पार्टी प्यालेसमा भेला आयोजना गर्दै कमिटी घोषणा गरिएको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्न थालेपछि नेपाल पक्षले समानान्तर गतिविधि गरिरहेको छ ।












प्रतिक्रिया