‘नेपाली राजनीतिक आकाशको पनि छिट्टै कालो तुवाँलो हटोस्’


काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले वर्षाले नेपाली आकाशको प्रदूषण हटेजस्तै नेपाली राजनीतिक आकाशको कालो तुवाँले पनि छिट्टै हटोस् भन्ने कामना गरेकी छन् ।

बुधबार राति सामाजिक संजालमार्फत झाँक्रीले झमझम परेको पानीले भोलिदेखि नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरिएजस्तै नेपाली राजनीतिको कालो तुवाँलो पनि हट्ने अपेक्षा गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘केही दिनदेखि नेपाली आकाश कालो तुवाँलोले छोपेको थियो । संसारका ठूला जनघनत्व भएका औद्योगिक शहर भन्दा पनि काठमाडौँ प्रदुषित थियो । आज झमझम परेको पानीले भोलिदेखि नेपाली आकाश खुल्ने र प्रदुषण हट्ने अपेक्षा गरिन्छ । नेपाली राजनीतिक आकाशको पनि छिट्टै कालो तुवाँलो हटोस् ।’