काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत जुटाएको दिन सरकारको समर्थन छाड्ने बताएका छन् ।
बुधबार संसद भवन नयाँबानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले विपक्षी दलले विकल्प दिएपनि आफूहरु सरकारमा बसिनरहने बताए । हतारमा समर्थन छोडेर राजनीतिक अस्थिरता तर्फ आफूहरुले लान नचाहेको उनले बताए ।
उनले भने, ‘हामी राजनीतिक स्थायित्व चाहान्छौँ । कि ओलीजीले बहुमत जुटाउनुस्, बहुमत जुटाएकै दिन हामी समर्थन छोडिदिन्छौँ । हामी अस्थिरता चाहँदैनौँ स्थिर होस् । तपाईं सरकारलाई बहुमत जुटाउनुस् । अरु विपक्षी दलले बहुमत जुटायो भने हामी त्यस दिन छोड्छौँ । हतारमा हामी छोडेर विकल्प पनि दिन नसक्ने भइराखेको सरकारले पनि काम गर्न नसक्ने राजनीतिक अस्थिरताको जिम्मा हामी लिन चाहँदैनौँ ।’

प्रतिक्रिया