काठमाडौं । नेकपा एमाले नेता घनश्याम भुसालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको मंगलबार जवाफ पठाएका छन् । जवाफमा भुसालले ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गरेका छन् ।
उनले ओलीलाई सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘अझै पनि व्यक्तिवादको घोर नशाबाट ब्यूँझनुस्। क्रान्ति त अघि बढ्छ, बढ्छ । आज वा भोलि वा पर्सी तपाईँ दण्डित हुनु हुनेछ।’












प्रतिक्रिया