लघुकथा: ब्रह्माजीको श्राप
प्रभादेवी पौडेल।
ब्रह्माजीले आफ्नो सृस्टिको क्रममा चौरासी लाख जिवहरुको उत्पती गराई आफुले मानवलाई साथी बनाएका थिए।चिम्पांजी रामा पिथेकस, गिब्बन, ओराङ ओटाङ जस्ता मानवको उत्पती गराई सबै जिवहरुको राजा मानवलाई बनाई दिएका थिए।
आफ्नो शारीरिक बनावटले कतिपय ठाउँमा प्रकृती बाट नै समस्या झेल्नु पर्ने हुनाले मानवले निक्कै प्रार्थना गरेपछि ब्रह्माले शरीरमा रौं पुच्छर हटाई ठाडो उभिएर हिड्ने बनाई दिए ।चेतना र बिबेकको बिस्तार पनि भरिदिए।एकजना बिस्वासि पात्र मनुष्यलाई साथी बनाए। तर दिन बित्ने क्रममा मानवले आफ्नो बिबेक र बुद्धिको दुरूपयोग गरि बिभीन्न आबिस्कार गरि प्रकृती र अन्य जिवलाई नै तहस महस पारेको हुनाले त्यस पछिको चेतना भएको जिव कुकुरलाई साथी बनाए।
ऊ आफ्नो मालिक प्रति निक्कै बफादार र अन्य नैतिकतामा निक्कै इमान्दार थियो। एकदिन ब्रह्मा ध्यानवाट ब्युझेर के आँखा खोलेका थिए, कुकुरले खुट्टो उचालेर तुलसीको बोटमा पिसाव फेरेको देखे । उनी क्रोधित बने र भने,-” मैले निक्कै अनुशासन जिव भनेर साथी मानेको थिएँ, आजबाट तेरो ब्याबहार ले म दुखी भएको छु।” कुकुरले एकपटकलाई माफी दिनुहोस् प्रभू भनेपछि ब्रह्माले माफी दिए ।
अर्को दिन ध्यानबाट आँखा खोलि हेर्दा आफ्नै छाउरी हरुसंग रति क्रिडामा रमाई रहेको देखे । उनी मुर्मुरिए र भने -“हे नैतीक हराम, हर चिजमा गल्ती दोहोरी रहेको छ ,मैले तेरो प्राकृतिक बिशेषतालाई उलंघन रोकेको त थिईन नी , कुनै निस्चित महिना र समयमा छुट दिएकै थिएँ, तर यो नियम उलंघन गरेको हुनाले अर्को जन्ममा तँ कलियुगको मानव भएर जन्मिएस् ” भन्दै अन्तर्ध्यान भए।