महामारीको दोस्रो लहर र खोपबारे जिज्ञासा



डा. रवीन्द्र पाण्डे ।

१. लकडाउनबारे
– लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।
२. खोपबारे
– यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ । त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ । भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले  बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ ।
३. दोस्रो मात्रा बारे
– दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ । कारणबश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०. ४ % हुन्छ ।
– बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९-१२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ ।
४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?
खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ ।
खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ । यो बुझ्नु / बुझाउनु जरुरी छ ।
५. दोस्रो लहरको क्षति अनुमान
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन । त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् ।आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ । खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रतक्ष्य छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ ।

महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँ बन्यो विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ ।  काठमाडौँ  बिहीबार फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा

‘कोशीका मुख्यमन्त्री कार्कीले सदनले गरेको निर्णय नमान्ने भन्दै हिँड्ने भएको छ, विशेषाधिकार हननमा कारबाही हुन सक्छ’

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको

कर्णालीमा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’

नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि