काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले थोरै लचकताबाट एकता सम्भव रहेकाले त्यसतर्फ सोच्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं । थोरै पनि लचकताबाट यो सम्भव छ । बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ । अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट बिगतलाई सम्झे मात्र पुग्छ ।’


प्रतिक्रिया