‘सत्ताको दुरुपयोग गर्दै दिइएको धाकधम्की र प्रलोभनको तथ्य अरुतिर औंला तेस्र्याउँदा छोप्न सकिन्छ र ?’
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले स्पष्टीकरणको जवाफी पत्र पठाउँदै अध्यक्ष केपी ओलीलाई विदेशीसामु लम्पसार परेको आरोप लगाएका छन् ।
बिहीबार १४ बुँदे जवाफ दिँदै रावलले अध्यक्ष ओलीलाई व्यक्तिगत स्वार्थ, दम्भ र पदलोलुपताको शिकार भइ पार्टी विधान विपरीत कार्य गरेको, पार्टी निर्णय अनेक पटक उल्लंघन गरेको, राष्ट्रिय हित, अस्मिता र स्वाभिमानमा आघात पुर्याएको आरोप लगाएका छन् ।