सरकारको खेताला हो संसद ?



केशवप्रसाद भट्टराई ।
१. सरकारले काम नदिए संसदको काम नहुने ?
सरकारको खेताला हो संसद ?
सरकारको खेताला मात्रै हो भने संसदको औचित्य के हो ?
जनताले किन तिनको भारी बोक्ने ?

२. संसदले आफैँ आफ्नो काम खोज्छ,
सरकारलाई काम दिन्छ ।
काम तोकिदिन्छ ।
अनि पो सार्वभौम भन्न सकिन्छ संसदलाई ।

३. विदेशमा संसदको अध्ययन गर्न जाँदा जाँड धोकेर मात्रै फर्कियौ ?
दुनियाँ का संसदमा कसरी काम हुन्छ पढ न !
प्राइभेट बिल पनि प्रस्तुत गर्न सकिन्छ ।
आम सरोकारका विभिन्न विषयमा एक दर्जन प्राइभेट बिल एकै साथ प्रस्तुत गर्ने बारे गृह कार्य गरेर जाऊ त !

४. संसदले राष्ट्रिय महत्वका विषयमा आफैँ अध्ययन, अनुषन्धान पनि गर्दछ ।
आफ्नो अध्ययन र अनुसन्धानको निष्कर्षलाई कार्यन्वयन गर्न सरकारलाई आदेश दिन्छ ।
त्यसको आधारमा प्राइभेट बिल संसदमा प्रस्तुत गर्दछ ।

५. राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वका कतिपय ऐतिहासिक कानुनहरू त्यसरी बनेका छन् !
संसदले आफ्नो अध्ययन र अनुषन्धानबारे प्रस्तुत गरेको प्रतिवेदनहरू संसारभरी ठूलो सम्मानका साथ पढिन्छन् , त्यसको आधारमा आफ्ना मुलुककालागि पनि नीति र नियम तथा कानुन बन्छन् ।
अनि पो जनताले बुझ्छन् संसद भनेको के हो ।
कमाउन र कमिसन खान मात्रै जानेको अनि सरकारको प्रस्तावमा पक्ष विपक्षमा मात्रै कुर्लिएर संसद र सांसदको औचित्य खोज्न थाले पछि यस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको