राजनीतिले सधैं वर्तमान र भविष्य निर्माणको लागि काम गर्नुपर्छ



डा. गोविन्दशरण उपाध्याय ।
केही मान्छेले वर्तमानको कुरा बुझ्दैनन् भने केही मान्छेले सयवर्षपछिको कुरा देखेका र बुझेका हुन्छन् । सयवर्षअधिका कुराहरूबाट सिक्ने हो तर सयवर्षपछि पनि ती आजझैं काम लाग्ने हुन्छन् भन्न सकिन्न । आजको नेपालले दूईसय वर्ष अगाडी युरोपेलीहरूले विकसित गरेको दृष्टिकोण बोकेर विकासको सपना देखिरहेको छ । जवसम्म सयवर्षपछिका लागि दृष्टिकोण दिने आजका विचारक र विचारहरूसँग हामी सहमत हुँदैनौं, हामी दासत्वको युगमा हुन्छौं ।

पूँजीवाद, समाजवाद र साम्यवाद गतार्थ भैसके । दुई सयवर्षका बीचमा विकसित भएका यी दृष्टिकोणहरूको लक्ष नै गतार्थ भैसकेको छ । यी दृष्टिकोणहरूले आफ्नो उच्चतर अवस्था प्राप्त गरेर बृद्ध भैसकेका छन् । अनुयायी बनेर होइन स्वामित्व ग्रहण गरेर नेपाल र नेपालीको मात्र होइन विश्वको कल्याण हुनेछ भविष्यमा । थोत्रो कोटले जाडो रोकिन्न । भूतकाल बोकेर हिड्नेहरू सधैं पराजित हुन्छन् । आफूसँगै सिङ्गो देश र विश्वलाई संकटको भुमरीमा धकेल्छन् ।

सम्प्रदायका मान्छेहरू भूतकाललाई “स्वर्णीम“ ठान्छन् । धार्मिक मान्छेहरू भविष्यलाई स्वर्णीम निर्माण गर्न स्वयंलाई समर्पित गर्छन् । राजनीतिले सधैं वर्तमान र भविष्य निर्माणको लागि काम गर्नुपर्छ । यदि कसैले तीनसयवर्ष अगाडी विदेशीले विकसित गरेका राजनैतिक चिन्तनबाट भविष्यको निर्माण हुन्छ भनेर ठान्नुहुन्छ भने त्यो दिवास्वप्न हो । मैले सयवर्षपछिसम्मको नेपालका लागि सपना देखेको छु जुन सपना हरेक वर्ष प्रत्यक्ष हुँदैजाने छन् । तपाईंमा आँट छ भने विश्वास गर्नुस् र नेतृत्वदायी भूमिकाका लागि आफैलाई निमन्त्रणा दिनुस् ।

यदि अनन्त अस्तित्व मध्ये मेरो अस्तित्व स्थिर छ भने अनन्तहरू मध्ये मेरो विशिष्टता अजेय छ, अद्वितीय छ र अबध्य छ । मेरो अस्तित्वलाई मैले खेरा जान दिन्न । मैले आफ्नो अद्वितीय अस्तित्वलाई प्रयोग गरेर अद्वितीयता प्रमाणित गर्नैपर्छ । प्रलयले मेरो बाटो अवरुद्ध पार्न सक्दैन । तपाईंको अद्वितीयता पनि निस्फल हुनुहुँदैन । आउनुहोस् – अद्वितीयताको आजैदेखि अभ्यास गरौँ र आफू अद्वितीय भएको प्रमाणित हौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको