काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कानून बनाउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको संसद्लाई काम नदिएर सरकारले अलपत्र बनाउन खोजेको आरोप लगाएका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा थापाले प्रतिनिधिसभा भंग गर्ने कदम सही थियो भन्ने साबित गर्नका लागि संसद्लाई कामविहीन बनाइएको बताएका हुन् । संसद् छल्न अधिवेशन अन्त्य गरेको र पार्टीभित्रको विरोधी पक्षलाई तह लगाउन संसद् नै भंग गरेको भन्दै थापाले अहिले संसद्सँग बदला लिन प्रधानमन्त्री लागेको बताए ।
उनले भने, ‘कहिले संसद् छल्न हठात् अधिवेशन स्थगित, कहिले पार्टीभित्रको विरोधी तह लगाउन संसद् भंग । अनि प्रतिनिधिसभा भंग गर्ने सनक सही थियो भन्ने स्थापित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च ।’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्सँग बदला लिनुपर्ने भएकाले वर्तमान सरकार रहेसम्म संसदको तिरस्कार र अपमान बढ्दै जाने उनले बताए ।
उनले भने, ‘हामी स्पष्ट छौं, जतिदिन यो सरकार रहन्छ संसद्को तिरस्कार अपमान गर्ने क्रम अझ बढ्दै जान्छ । किनकी प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनुछ ।’

प्रतिक्रिया