काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हिम्मत भए पार्टीबाट निकाल्न चुनौति दिएका छन् । अनेरास्ववियूको राष्ट्रिय भेलालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले हिम्मत भए पार्टीबाट निकाल्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चुनौति दिएका हुन् ।
माओवादी केन्द्रका प्रचण्डले बुटवलमा बोलेको कुरा किन खण्डन नगरेको ? भन्दै मलाई स्पष्टीकरण सोधिएको भन्दै वरिष्ठ नेता नेपालले हिम्मत भए पार्टीबाट निकाल्न चुनौति दिए । उनले ओलीले पार्टीलाई विसर्जनको दिशामा लगेकाले आफूहरु ओलीका भ्रमपूर्ण विचारबाट कार्यकर्तालाई मुक्त गराउन लागेको बताए ।
कार्यकर्तालाई नयाँ उत्साह दिँदा कारबाही गर्ने भन्दै ओलीका कुरा सुनेर आफू अचम्मित भएको बताए । केपी ओलीबाट पीडित भएकाहरुलाई जोगाउने दायित्व आफूहरुको भएको भन्दै नेपालले नेता कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरे । उनले पार्टीमा व्यक्ति नभई नीति प्रधान हुने भन्दै नेपालले ओलीले व्यक्ति प्रधान बनाउन खोज्दा समस्या आएको बताए । उनले पार्टीको अध्यक्ष भएको मान्छेले पार्टीको चिन्ता गर्नुपर्नेमा ओली गुट चलाएर हिँडेको बताए । उनले ओलीले आफूसँग दास मात्र राखेको बताए । उनले भने, ‘अहिले ओलीले आसेपासे दास मात्र राखेका छन् । कोही पनि गलत कुराको बारेमा बोल्न सक्दैनन् । सही कुरा गर्ने त ओलीसँग बस्नै सक्दैनन् नि ।’
उने जवज र केपीको कहिले भेट नभएको बताए । उनले जवजको मान्यता भनेको बहुमतको निर्णयलाई मान्नु भएकाले त्यो नमान्ने मान्छेले जवजको कुरा गर्नु निर्लज्जताका पराकाष्ठा भएको बताए । एमाले र माओवादी एकतापछिको प्रसंग सुनाउँदै नेपालले भने, ‘एकीकरणपछि नेकपा बन्यो । स्थायी, सचिवालय केन्द्रीय कमिटीमा अल्पमतमा परे ओली । केन्द्रीय कमिटीलाई सडक छापको संज्ञा दिए । बैठक राख्न चाहेनन् । बैठकमा आउन चाहेनन् । अनि थाहा भइ हाल्यो नि उनी कस्ता हुन् ।’
उनले नेपाली हिटलको अवतारको रुपमा प्रस्तुत भएर सम्पूर्ण अधिकार आफूमा केन्द्रित गरेका गरेकाले यसलाई स्वीकार गर्न नसकिने बताए । उनले भने, ‘देशभक्तिको राष्ट्रियताको झण्डा बोकेर आएको हो एमाले । राष्ट्रियता, लोकतन्त्र र जनजिविकाको सवाल चाहिन्छ । ओली आफूलाई बा भन्छन् कमरेड भन्दैनन् उनमा कम्युनिष्ट चरित्र नै छैन । जनताका पीडा र बेदनाका बारेमा बैठकका एजेण्डा राखौं भन्ने तर उनी बैठकको नामै नसुन्ने र उनलाई १०३ को ज्वरो आउने । हाम्रो लडाइँ केपी ओली व्यक्तिसँग होइन प्रवृत्तिसँग लडाइँ हो । उनी सुरुदेखि गुटबन्दीमा लाग्ने मान्छे हुन् । ओलीका आन्द्राभुडी मलाई मात्र थाहा छ फुर्ती नलगाए हुन्छ । १०१ व्यक्तिलाई थाहा छ ओलीको बारेमा । ओली प्रवृत्तिले पार्टीमा ठूलो समस्या खडा गर्दै आयो । २०७१ को नवौं महाधिवेशनमा जितेर आएपछि तीन तीन महिनामा बस्ने स्थायी कमिटी बैठक डेढ वर्ष सम्म बसेन । पार्टी एक भएप्छि पनि विधि र पद्दति मिचेर काम गरे ।’
उनले आफ्नो पंक्ति लोकतान्त्रिक बनोस् उदार बनोस् भन्ने चाहना आफूहरुको रहेको बताए । उनले भने, ‘धेरैलाई समेट्ने विभाजित गर्ने होइन एकता चाहने बनोस् र यही सोचका साथ अघि बढेको हो हामी । आफूहरु पार्टी विभाजनको पक्षमा नरहेको र दास बन्न चाहदैनौं भन्ने हो । पार्टीलाई बैचारिक जन्म दिन चाहन्छौं । केपी ओली विभाजनको पक्षमा छन् हामी एकताको पक्षमा छौं । कार्यकर्तामा नयाँ उत्साह थप्नु अपराध होइन । कार्यकर्ता गतिशील भए भने पार्टीमा जीवन आउनेछ । कार्यकर्तालाई नयाँ उत्साह दिँदा कारबाही गर्ने रे ? कस्तो अचम्म । ओलीका पीडित भएकाहरुलाई जोगाउने दायित्व हामीहरुको हो । पार्टीको अध्यक्ष भएको मान्छेले पार्टीको चिन्ता गर्नुपर्ने होइन ? पुष्पलालले भन्नु भएको छ नीति प्रधान हुन्छ नेता होइन ।’

प्रतिक्रिया