जसपा र एमाले सत्ता समीकरण भए किन चिन्तित हुनु ?



जेपी गुप्ता ।
जनता समाजवादी पार्टी र एमालेकाबीच सम्भाव्य सत्ता समीकरण अहिलेको अवस्थामा अस्वभाविक मानिन्न्। अस्वभाविक मान्नेहरूले केही भ्रम पालेको हुनसक्छ। जस्तो किः

१) जसपा एक प्रजातान्त्रिक विचार राख्ने पार्टी हो । कम्युनिष्टसँग कसरी मिल्न सक्छन् र ? जसपालाई ‘प्रजातान्त्रिक’ ठान्नु ‘एमाले–माओवादी र काँग्रेस’ लाई समावेशी ठान्नु सरहकै गलत सोच हो ।

२) प्रधानमन्त्री ओली भारतका बिरोधी हुन् यसर्थ जसपाले ओली सरकारलाई कसरी समर्थन गर्न सक्छ र ? नेपालमा को यस्ता छन्, जसले वास्तवमा भारतको अन्तरमन बुझेको छ र ?

३) जसपा आन्दोलनकारी पार्टी हो । संविधानमा संशोधन यसको बटमलाईन हो। यो भन्दा तल यसले मान्दैन । जबकी, जसपा सत्ताका लागि बनेको पार्टी हो । सत्तामा जानका लागि यसलाई कथित ‘सहमति’को एउटा चिर्कटो मात्र चाहिन्छ ।

४) जसपाका लागि ‘सहमति’ को भरपर्दो जस्तो देखिने ‘चिर्कटो’ सत्तामा रहेकाले मात्र दिन सक्छ । ओली जीको एमालेसँग त्यो सत्ता छ।

५) जसपालाई बाँचि खान एकजूट रहनु जरूरी छ। अहिले प्रधानमन्त्री ओलीले चाहेमा जसपालाई टुक्राउन सक्नु हुनेछ । जसपा सम्भाव्य विभाजनबाट जोगिन चाहन्छ ।

६) रेशम चौधरीको रिहाई जसपालाई आवश्यक छ। गौरकाण्ड, अख्तियार वा अरूबाट उन्मुक्ति पनि यसका ‘धरोहरहरू’का लागि अत्यावश्यक छ । यो काम प्रधानमन्त्री ओलीजीको सदाशयताबाट मात्र सम्भव छ । देउवाजीको हकमा सम्भव भए झैं ।

७) मधेसमा जसपा र कांग्रेसको जनाधार लगभग एउटै प्रकारको रहेको छ । यसमा बेला मौकामा ‘मुम्बई शेयर बजारको दर’ झैं थोरै तल माथी भैरहन्छ । यसमा जसपा ‘ग्लेशीयर स्लाईडिंग’ चाहँदैन । एमाले वा माओवादीलाई जसपाले कुनै पनि बेला ‘मधेसीका शत्रु’ भनेर छेउ किनारा लगाउन सकिन्छ भन्ने उसको सोच देखिन्छ।

यसर्थ, यदि जसपा र एमाले सत्ता समीकरण भए बिथ्थामा किन चिन्तित हुनु ? तर, हेरौ अगाडि के हुन्छ ! म त्यसको ठिक प्रक्षेपण गर्दिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको