हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँः सभापति देउवा


विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा सभापति देउवाले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने बताएका हुन् ।  उनले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए ।

उनले भने, ‘ विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन । कांग्रेसले सरकार बनाउँदैन ।’ उनले कांग्रेस विपक्षी पार्टी भएकाले विपक्षमै रहने बताए । ‘हामी विपक्षी पार्टी हौँ, हामीलाई प्रतिपक्षमा बस्ने म्यान्डेट छ,’ देउवाले भने, ‘त्यसैले हामी सत्ताका लागि मरिहत्ते गर्दैनौँ। सत्ता आइलाग्यो भने पछि पनि हट्तैनौँ, भाग्नेवाला पनि छैनौँ।’

देउवा केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालालाई श्रद्धाञ्जली व्यक्त गर्न विराटनगरस्थित कोइरालाको घर गएका हुन् ।