माधव–झलनाथले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह ?


काठमाडौं । लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले नेकपा एमालेको विवादका कारण माधव–झलनाथ समूह संकटमा परेको बताएका छन् । उनीहरुलाई कि ओलीसँग आत्मसमर्पण गर्ने कि पद गए जाओस् भनेर विद्रोह गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले ट्वीट गरेका छन्, ‘एमालेको माधव–झलनाथ गुट न वल्लो घाट न पल्लो तीरको ! यसका दुई विकल्प–कि ओली प्रवृत्तिको चरणमा आत्मसमर्पण कि गए सांसदको जागिर जाओस् भनेर विद्रोह । आत्मसमर्पण पनि गर्दिनँ, सांसदको जागिर पनि छाड्दिनँ भन्नु बरू आत्मसमर्पण गर्छु, सांसदको जागिर मरिगए छाड्दिनँ भन्नु सरह हो । हैट्, लिच्चडमति !’