डर नमानौं तर लापरबाही पटक्कै नगरौं



डा. रवीन्द्र पाण्डे ।

– भारतमा देखिएको कोरोना महामारीको दोस्रो लहरबाट नेपाल जोखिममा छ | अहिलेसम्म नेपालमा फैलिएको छैन ।

– भारतमा फैलिएको दोस्रो लहरमा प्रमुख बेलायतको प्रजाति हो | यो प्रजातिको कोरोना भाइरस छिटो फैलिन्छ तर यसको मृत्युदर एकदम कम छ ।

– सरकारले भारतमा रहेका नेपालीलाई छिटो स्वदेश आउन प्रेरित गर्नुपर्छ । जसले गर्दा उनीहरु संक्रमित नहुँदै आउन पाउछन् ।

– सीमा  नाकामा नेपाल प्रवेश गर्नेलाई र्यापिड एन्टिजेन टेस्ट गर्ने । पोजिटिभलाई आइसोलेसन केन्द्रमा राख्ने । लक्षण देखिएका तर टेस्टमा नेगेटिभ देखिएकालाई सुविधासम्पन्न क्वारेन्टिनमा राख्ने । लक्षण नदेखिएका अनि नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरि पठाउने ।

– आरडिटि टेस्ट ( एन्टिबोडी टेस्ट ) गर्ने गत सालको गल्ती नदोहोर्याउने । गतसाल संक्रमणको बेला आरडिटि टेस्ट जबर्जस्ती गर्दा महामारी झनै बढेको थियो ।

– मेचीदेखि महाकालीसम्म भारतसंग जोडिएका क्षेत्रमा प्रहरी र स्थानीयवासीको संयुक्त गस्ती गर्ने । अबैध प्रवेश रोक्ने ।

– भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउने हरेक व्यक्तिलाई परीक्षण गरेर मात्र तदनुसार ब्यबस्था गर्ने ।

– स्थानीय निकाय, स्वास्थ्य संस्था, सामाजिक संस्था परिचालन गरेर मास्कलाई सहि तरिकाले लगाउन अनिबार्य गर्ने । भौतिक दुरी र हातको सफाइमा ब्यापक प्रचार गर्ने ।

– जनस्वास्थ्यका मापदण्ड पालना गराउन सरकारले अभियान संचालन गर्ने ।

– प्रत्येक नागरिकले आफु, आफ्नो परिवार र समाजलाई बचाउन प्रण गर्ने । त्यो मास्क, दुरी र सफाइबाट सम्भव छ ।
– नारा, जुलुस, आमसभा, हलभित्रका ठूला बैठक नगर्ने/ नगराउने ।

डर नमानौं तर लापरबाही पटक्कै नगरौं । मास्क नै सबैभन्दा सुरक्षित खोप हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको