डर नमानौं तर लापरबाही पटक्कै नगरौं
डा. रवीन्द्र पाण्डे ।
– भारतमा देखिएको कोरोना महामारीको दोस्रो लहरबाट नेपाल जोखिममा छ | अहिलेसम्म नेपालमा फैलिएको छैन ।
– भारतमा फैलिएको दोस्रो लहरमा प्रमुख बेलायतको प्रजाति हो | यो प्रजातिको कोरोना भाइरस छिटो फैलिन्छ तर यसको मृत्युदर एकदम कम छ ।
– सरकारले भारतमा रहेका नेपालीलाई छिटो स्वदेश आउन प्रेरित गर्नुपर्छ । जसले गर्दा उनीहरु संक्रमित नहुँदै आउन पाउछन् ।
– सीमा नाकामा नेपाल प्रवेश गर्नेलाई र्यापिड एन्टिजेन टेस्ट गर्ने । पोजिटिभलाई आइसोलेसन केन्द्रमा राख्ने । लक्षण देखिएका तर टेस्टमा नेगेटिभ देखिएकालाई सुविधासम्पन्न क्वारेन्टिनमा राख्ने । लक्षण नदेखिएका अनि नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई १० दिन होम क्वारेन्टिनमा बस्ने गरि पठाउने ।
– आरडिटि टेस्ट ( एन्टिबोडी टेस्ट ) गर्ने गत सालको गल्ती नदोहोर्याउने । गतसाल संक्रमणको बेला आरडिटि टेस्ट जबर्जस्ती गर्दा महामारी झनै बढेको थियो ।
– मेचीदेखि महाकालीसम्म भारतसंग जोडिएका क्षेत्रमा प्रहरी र स्थानीयवासीको संयुक्त गस्ती गर्ने । अबैध प्रवेश रोक्ने ।
– भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउने हरेक व्यक्तिलाई परीक्षण गरेर मात्र तदनुसार ब्यबस्था गर्ने ।
– स्थानीय निकाय, स्वास्थ्य संस्था, सामाजिक संस्था परिचालन गरेर मास्कलाई सहि तरिकाले लगाउन अनिबार्य गर्ने । भौतिक दुरी र हातको सफाइमा ब्यापक प्रचार गर्ने ।
– जनस्वास्थ्यका मापदण्ड पालना गराउन सरकारले अभियान संचालन गर्ने ।
– प्रत्येक नागरिकले आफु, आफ्नो परिवार र समाजलाई बचाउन प्रण गर्ने । त्यो मास्क, दुरी र सफाइबाट सम्भव छ ।
– नारा, जुलुस, आमसभा, हलभित्रका ठूला बैठक नगर्ने/ नगराउने ।
डर नमानौं तर लापरबाही पटक्कै नगरौं । मास्क नै सबैभन्दा सुरक्षित खोप हो ।