काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीसँग सबै होशियार हुनुपर्ने बताएका छन् । सामाजिक संजालमार्फत भट्टराईले ओलीलाई हिटलरसँग तुलना गर्दै पार्टी र राज्यशक्ति आफूमा केन्द्रित गरेर खड्ग चलाइरहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ–‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिन किनकि म यहुदी थिइन;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकी कोही पनि बाँकी थिएन !’नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !’


प्रतिक्रिया