लघुकथा: बहुलाई
प्रभादेवी पौडेल।
मुख्या बा गाउॅका चर्चित मान्छे ,आधा जसो मान्छेले त उनी संग ऋण लिएर आफ्नो समस्या टादै आएका थिए। दूई सन्तानलाई राम्रो पढाइको लागि सहरमा राखेका थिए।तर छोरी अचानक बिरामी परेको कारणले घरमै थिई ।विभिन्न सामाजिक कार्यमा उस्तै रुची देखाऊने हुनाले मुख्या बासंग अन्तरवार्ता लिन नेपाल टेलिभिजनका सन्चारकर्मीहरु आए।
आँगनको पल्लो छेउमा एउटी युबती झोक्राएर बसिरहेकी थिई । उनीहरुले सोधे, -“को हुन यिनि?” मुख्याले उत्तर दिए ,-” हुनत मेरै छोरी हो बाबु ,अलि मानसिक अबस्था ठिक छैन यसको ।” यो सुनेर उसले बाऊलाई तथानाम गाली गरि र भनि -“तिमीहरु किन आएका यहाँ? मलाई बलात्कार गर्न आएका? ल लुछो, मेरो हरेक अंग म मर्न चाहन्छु” भन्दै डाँको छोडेर रुन लागि। यो सुनेर मिडिया कर्मीहरु भावुक बने।
यति कुरा पाएपछि मिडिया कर्मिलाई के खोज्छस् काना आँखो भै भयो। अलि पर लगेर सबै कुरा सोधे यसको प्रतिउत्तरमा उसले भनि,-” यो पुरुष प्रधान समाजमा छोराको जति सुकै कर्तुत भएपनि ढाक छोप गरिदो रहेछ, वास्तबमा म बहुलाएको होइन सक्नुहुन्छ भने मलाई न्याय दिनुहोस्, म आफ्नै परिवारको सदस्यबाट एक पटक होइन पटक पटक शारीरिक साथै मानसिक रुपमा बलत्कृत भएकी छु,म बहुलाई होइन चरम हिंसाले बहुलाई बनाइएको हो।”
उनीहरुले यति भनेपछि कुरा बुझे। मुख्या बा यता रातो अनुहार बनाई सकेका थिए। उनीहरु मुख्याको नजिकै गएर भने ,-“के हो मुख्या बा हामी हजूरको जुन प्रख्यातीको चर्चा सुनेर आएका थियौ नतिजा त ठिक उल्टो पर्यो त ?”
यो सुनेर मुख्याले भने,-” किन पीर मान्नुहुन्छ हजुर ? बरु भन्नुहोस् हजूरको के सेवा गरौं?” उनीहरुको उपस्थितिमा झिनो आस बोकेकी निर्मला छुट्टिने बेलामा बाऊ संगको अंकमाल देखेर निरास भई।उनीहरुले हिड्ने बेलामा भने ,-“बिचारा यो उमेरमा दिमागले काम नगरेपछि यस्तै हो।”