विश्वमा ९ करोड ८६ लाख भन्दाबढी मानिस कोरोनामुक्त



विश्वमा कोरोना संक्रमितमध्ये नौं करोड ८६ लाख ५३ हजार ६४० जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड २३ लाख ५९ हजार ४ सय ८९ जना पुगेको छ । ।

संक्रमितमध्ये २७ लाख २ हजार ४ सय ७८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा १० हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । हाल विश्वमा दुई करोड १० लाख ३ हजार भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ३ करोड ३ लाख ५८ हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये २ करोड २५ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् भने पाँच लाख ५२ हजार ४ सय ७० जना संक्रमितको मृत्यु भएको छ ।

यस्तै, छिमेकी मुलुक भारतमा हालसम्म एक करोड १५ लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १० लाख ८१ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ५९ हजार ४ सय ५ जना पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

जनमत सङ्ग्रह गराउन फ्रान्सका अतिदक्षिणपन्थी नेता ले पेनको म्याक्रोनसँग आग्रह

  फ्रान्सका अति दक्षिणपन्थी नेता मरिन ले पेनले आइतबार राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग अध्यागमनजस्ता

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि