प्रचण्ड माओवादी केन्द्रको संसदीय दलको नेता चयन



काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

एमालेसँग एकीकरण हुनुअघि पनि उनी दलको नेता थिए । दलको प्रमुख सचेतकमा देव गुरुङ र राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मा चयन भएका छन् । संसदीय दलको उपनेता र सचेतक चयन भने चयन गरिएको छैन ।  संसद सचिवालयले संसदीय पदाधिकारीको नाम मागेपछि माओवादी केन्द्रले पदाधिकारी चयन गरेको हो ।

यसैबीच, बैठकले एमालेमा गएका नेताहरूलाई माओवादीमै फर्काउन पहल गर्न तीन सदस्यीय कार्यदल समेत बनाएको छ । बैठकले नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गरूङ रहेको कार्यदल बनाएको हो । कार्यदलले एमालेमा गएका माओवादी केन्द्रका नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट लगायतसँग फेरि एक पटक वार्ता गर्नेछ। यसअघि २४ घन्टे स्पष्टिकरण सोधेको र वार्तापछि पनि फिर्ता नभएमा राजनीतिक दल सम्बन्धी ऐन अनुसार कारबाही हुने नेता पुनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेसँग ६० लाख धरौटी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

रविका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ ।

शेखर कोइरालालाई इयान मार्टिनको प्रश्नः सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन ढिलाइ किन ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र तत्कालीन नेपालको शान्ति प्रक्रियामा