इन्द आङ्बो ।
महामहिम राष्ट्रपति ज्यू…
संविधान,लोकतन्त्र र व्यवस्थामाथि गम्भीर प्रहार गर्ने संसद विघटनको प्रस्ताव र अन्य असंवैधानिक अध्यादेशहरु छिनभरमै प्रमाणीकरण गर्नु भो, त्यतिबेला न कसैसँग परामर्श न सर्वदलीय बैठक केही चाहिएन तपाईंलाई..। आज चाहिँ किन र के का लागि सर्वदलीय बैठक जरुरी पर्यो…?
केवल खड्गप्रसादको संकटमोचनको लागि मात्र किन राष्ट्रपति जस्तो सम्मानित संस्थाको प्रतिष्ठा र मर्यादाको दुरुपयोग गर्नुहुन्छ…?
निर्लज्ज गुट र गुटको नाइकेको संरक्षणमा होइन राष्ट्रको अभिभावकत्वमा फर्कनुस् महामहिम ज्यू त्यसैमा तपाईंको र त्यो सम्मानित सस्थाको भलो होला…

प्रतिक्रिया