विश्वमा कोरोना सक्रमितको संख्या १२ करोड नाघ्यो
विश्वमा कोरोना भाईरस सक्रमितको संख्या १२ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ करोड ७ लाख ६१ हजार ८४१ पुगेको छ । हालसम्म विश्वमा ९ करोड ७४ लाख २ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।
संक्रमितमध्ये २ करोड ६ लाख ८७ हजार ९९२ जना सक्रिय संक्रिमत रहेका छन् भने ८८ हजार ८४ जनाको अवस्था गम्भीर रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ५ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २६ लाख ७१ हजार ७२० पुगेको छ ।
कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ४८ हजार बढीको मृत्यु भएको छ भने ३ करोड १ लाख ३६ हजार भन्दा बढी संक्रमित भएका छन् । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितका संख्या १ करोड १४ लाख ९ हजार नाघेको छ भने १ लाख ५८ हजार ८९२ जनाको मृत्यु भएको छ ।