६५ बर्ष वा माथिका बुवाआमालाई खोप लगाएपछि कस्ता समस्या देखिए ?



डा. अनुप बास्तोला ।

फागुन २३ गते खोप लगाउनु भएको ६५ बर्ष वा माथिका बुवाआमा लाई खोप लगाए पछि कस्ता समस्या देखिए भनेर फोनबाट सोधेका थियौ ।
९४ जना उत्तरदाता मध्य ६३ जना पुरुष हुनुहुन्थ्यो । उत्तरदाताको औसत उमेर ७१ र उमेर को दायरा ६५ देखि ९१ बर्ष थियो । सतचालिस (५०%) जना उत्तरदातामा खोप लगाएपछि कुनै न कुनै व्यक्तिपरक समस्याको अनुभव तथा भोगाई थियो । उत्तरदाताको व्यक्तिपरक अनुभव तथा भोगाईमा २४ (२६%) जनामा खोप लगाएको ठाउँमा दुखेको, १४ (१५%) जनामा शरीर दुखेको, १० (११%) जनामा जाडो लाग्या जस्तो भएको, ७ (~८%) जनामा ज्वरो आएको, ५ (~६%) जनामा थकान महशुस भएको, ५ (~६%) जनामा रिंगटा लाग्या जस्तो महशुस भएको र १ -१ जनामा पखाला, जोर्नी को दुखाई र कमजोरी भएको बताउनु भयो ! यस्ता किसिमका समस्याहरु सामान्य रुपमा आफै हराएको वा सामान्य उपलब्ध औषधिको प्रयोग बाट सन्चो भएको पनि बताउनु भयो ।

बयस्क ब्यक्तिमा भन्दा यो उमेर समुहमा खोपले गर्दा हुने समस्या कम रहेको छ ! तर कोरोना संक्रमणको कारण ले सिकिस्त निमोनिया हुने जोखिमको समूह उमेर यही हो ! विभिन्न किसिमका दिर्घ रोगहरु पनि यो उमेर समुहमा धेरै रहेको छ, जसको कारणले कोरोनको जटिलता बढ्ने खतरा अझ थपिन्छ।

त्यसैले, सरकारले उपलब्ध गराएको खोपबाट कोहि पनि बाबा आमालाई बन्चित हुन नदिउ ! मौकाको फाइदा उठाई सरकारको महाअभियान मा साथ दिऔ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेनाले भन्यो-काठमाडौँ–तराई मधेस द्र्रूतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक महत्व बोकेको

उच्चस्तरीय समितिलाई नयाँ निर्वाचन गर्ने प्रयोजनका लागि एनआरएनएलाई कार्यालय बुझाउन सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्दै एकताको

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्न तीन सदस्यीय समिति गठन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को

अमेरिकाबाट आएको सहयोगको अवस्थाका बारेमा जानकारीसहित प्रतिवेदन सार्वजनिक गर्नुपर्छः सांसद बास्कोटा

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अमेरिकाबाट कुन–कुन शीर्षकमा कति सहयोग आयो