काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए ।
प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया शर्मा र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए। बैठकमा आफूले केन्द्रका तर्फबाट पार्टी एकता, एकताको उद्देश्य, एकतको उद्देश्यमा कसरी प्रहार भयो भन्नेलगायका विषयमा धारणा राखेका नेता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकतालाई खारेज गर्ने सर्वोच्च अदालतको फैसला समस्या भएको बताएका थिए । नेकपा एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित २३ जनालाई अझै कारवाही प्रक्रिया अघि छैन ।
स्पष्टिकरण सोधेको पत्र बुझेको २४ घण्टा भित्र जवाफ नदिए कारवाही हुने भएकाले अहिले कुनै निर्णय नगरिएको नेता नारायणकाजी श्रेष्ठले जानकरी दिए । माओवादीका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुलाई शनिवारको स्थायी कमिटी बैठकले स्पष्टिकरण सोधेको थियो । आजको बैठकले पनि सरकारको समर्थन फिर्ता नलिएको श्रेष्ठले जानकारी दिए । सोमबारको बैठकमा केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।

प्रतिक्रिया