ओलीले पार्टी फुटाउने प्रयास गरेको माधव नेपाल समूहको निष्कर्ष


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको माधव नेपाल समूहले पार्टी फुटाउने उद्देश्य साथ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको निर्णय विरुद्ध एकजुट हुन कार्यकर्तालाई आव्हान गरेको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव र अध्यक्ष बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेर मंसिरमा महाधिवेशन गर्ने निर्णय गरे लगत्तै बसेको नेता नेपाल समूहको बैठकले विधान विपरित गरिएको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो ।

साथै बैठकले कार्यकर्तालाई एकजुट हुन आग्रह गरेको छ । संसदमा विघटन गर्ने योजना सफल नभएपछि अध्यक्ष ओलीले पार्टी फुटाउने प्रयास गरेको बैठकले निष्कर्ष निकालेको छ ।

बैठक पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रक्रिया दिदै नेता डा.भीम रावलले अध्यक्ष ओलीले पार्टीको विधान विपरित स्वेच्छाचारी र मनपरी किसिमले निर्णय गरेकाले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने कदम विरुद्ध सबैलाई एकताबद्ध गरेर नेकपाको रक्षाका लागि अग्रसर हुने बताए । उनले बाधा अड्काउ फुकाउने नाममा अध्यक्षले विधान विपरित काम गर्न नमिल्ने तर्क गरे ।