काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । चैत १ गते बैठक बोलाइएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सर्वाेच्चको फैसलासँगै साविकको एमाले ब्यूँतिएपछि पहिलो बैठक बस्न लागेको हो ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरुको बिहीबारको भेलाले पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्काल बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो ।
पार्टी एकीकरणपछि नेताहरूमा बढेको अविश्वास र आपसी विवादको समाधान त्यही बैठकले गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया