कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रन्छौंः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिक लडाइँबाट नभाग्ने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नयाँ पुस्तालाई नेतृत्व दिन दवाव परे पनि तत्काल आफूले राजनीतिक लडाइँ नछाड्ने बताएका हुन् ।

उनले भने, म छाड्नेवाला छैन । अहिले ६२/६३ वर्षको भएँ । कसैकसैले भन्ने गर्छन् उमेरका हिसाबले अब छाडे हुन्छ । माओत्सेतुङले त ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरे । म पनि छाड्ने वाला छैन ।’ उनले आफूहरुले संसद पुनःस्थापना गरेसँगै एउटा ब्याटल जितेको र अरु दुई चार वटा जित्न बाँकी रहेको बताए ।

अध्यक्ष प्रचण्डले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रने भन्दै साथ र सहयोगका लागि कार्यकर्तालाई आग्रह गरे । उनले सर्वोच्चको पछिल्लो फैसलापछि देशको परिस्थिति जटिल र चुनौतीपूर्ण रहेको बताए । केपी प्रवृत्तिविरुद्ध १९ पेजको प्रतिवेदन लेखेको स्मरण गर्दै उनले फेरि शान्तिपूर्ण जनयुद्धको तयारी गर्नु पर्नसक्छ भनेर आफूले त्यो लेखेको बताए ।

उनले भने, केपीसँग सम्झौता गर्नु परे पार्टी ध्वस्त हुन्छ भनेर लेखेको हो । बरु जेल जान तयार हुनुपर्छ भनेर नै केपी प्रवृत्तिको विरोध गरेको हो । प्रतिक्रियावादीकाविरुद्ध विचारको युद्ध गरेको हो । यो युद्ध चलिरहेको छ ।’ लोकतान्त्रिक गठबन्धनविरुद्ध हमला भइरहेकाले त्यो लडाइँ जित्न बाँकी रहेको बताए। उनले भने, ‘हमला भइरेको छ । सबै सजग हुनुपर्छ । आफ्नै खुट्टामा उभिनुपर्छ । आफ्नै साथीहरु छुट्दा आफ्नै धरातल छुट्दा कमजोर भएको जस्तो देखिएको हो । क्रान्तिकारी साथीसँग भरपर्दा मात्र जितिन्छ भनेर जनयुद्ध सुरु गरेको हो त्यतिबेला पनि । फेरि जनतासँग देशव्यापी अभियान चलाउने अभियान चलाउछौं । दुई चार वर्ष काठमाडौं भन्दा बाहिर बस्ने अभियानमा छु । आफ्नै धर्ती र शक्तिमा मात्र भर परेर देशीविदेशी प्रतिक्रियावादीलाई परास्त गर्न सकिन्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेले अधिवेशनहरूमा पराजित भएका नेता कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिने

काठमाडौं । नेकपा एमालेले सबै तहका अधिवेशनहरू आगामी मंसिरसम्म सक्ने गरी वार्षिक कार्ययोजना

‘हिंसा’ शब्द सच्चिएर नआउँदासम्म संसद अवरोधलाई निरन्तरता दिने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद अवरोधलाई जारी राख्ने भएको छ । शुक्रबार

राजनीतिक शुद्धीकरण जरुरी छः संचारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक

नारायणगढ–बुटवल सडक खण्ड समयमै निर्माण गर्न सरकारलाई महामन्त्री थापाको आग्रह

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नारायणगढ–बुटवल सडक खण्ड तथा हुलाकी राजमार्ग