संविधान नै ध्वस्त पार्ने ओलीसँग मिलेर कांग्रेस सरकारमा जानुहुन्नः डा. कोइराला



झापा । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा मात्र कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताएका छन् । बुधबार झापाको बिर्तामोडमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा कोइरालाले देशको अहिलेको निकासका लागि चुनावको विकल्प नभएको बताए ।

कोइरालाले अदालतको दोस्रो फैसलाले देश अन्योलको अवस्थामा पुगेको पनि बताए । उनले ढिलोमा २०७८ चैतभित्र चुनाव गराउनुपर्नेमा जोड दिए ।

उनले भने,‘चुनाव ०७८ चैतभन्दा पछि जान भएन । त्यसभन्दा पछि भयो भने देशले ठूलो नोक्सान बेहोर्छ । देशको अहिलेको अन्योल अन्त्य गर्दै मुलुकलाई निकास दिन कांग्रेसले सरकार निर्माणको पहल थाल्नुपर्छ ।’

कांग्रेस केपी शर्मा ओलीसँग मिलेर सरकारमा जान नहुने पनि कोइरालाले बताए । ‘संविधान नै ध्वस्त गरेर अघि बढेका केपी ओलीसँग सरकार बनाउने विषयमा कांग्रेसले सहकार्य गर्नु हुँदैन,’ उनले भने । अहिलेको अवस्थामा कांग्रेस ‘पर्ख र हेर’ को अवस्थामा बस्न नहुने भन्दै कोइरालाले चुनावमुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?

नारायण गाउँले । यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक

संसद छलेर अध्यादेशबाट सत्ता संचालन नगर्न सरकारलाई विपक्षी दलहरुको चेतावनी

काठमाडौँ । विपक्षी दलहरुको संयुक्त बैठकले संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ

सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका