एसईई परीक्षा आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म



काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा आगामी २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म संचालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिएका छन् ।

एसईई परीक्षा प्रदेशस्तरीय हुने भनिएपनि आवश्यक कानून निर्माण हुन नसक्दा वोर्डले नै देशभर परीक्षा संचालन गर्ने निर्णय यसअघि सरकारले गरेकोले सोही अनुरुप परीक्षा बोर्डले निर्णय गरेको सदस्य सचिव अर्यालले बताए ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरिएको थियो ।

त्यसैगरी, कक्षा १२ काे परीक्षा २६ जेठमा अनिवार्य अंग्रेजी विषयबाट शुरू हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कति उपलब्धिमुलक रह्यो कतारका अमिरको नेपाल भ्रमण ?

काठमाडौं । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११

कर्णाली प्रदेशमा माओवादीका रणसिंह परियार मन्त्री नियुक्त

कर्णाली । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार विनाविभागीय मन्त्री नियुक्त भएका

कतारका अमिर नेपालमा ऊर्जा, यातायात र कृषि क्षेत्रमा सहकार्य गर्न सकारात्मक

काठमाडौँ ।  नेपाल र कतारबीच लगानी एवं सहकार्यका विविध क्षेत्रमा सहजीकरण गर्नका लागि

दुई दिने नेपाल भ्रमण पूरा गरी कतारी अमिर स्वदेश फिर्ता

काठमाडौँ ।  कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने