नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढ्दै जाँदा समस्या



जनार्दन शर्मा ।

हामीले प्राप्त गरेको उपलब्धि समाबेशी लोकतन्त्रको कार्यान्वयनको प्रारम्भमा नै संकट उत्पन्न भएको वर्तमान परिस्थितिमा राजनीति किन यति कम्जोर भयो भन्ने गम्भीर प्रश्न मेरो मनमा उठिरहेको छ । आफै भित्र उत्तर खोज्दै जादा लोकतान्त्रिक मुल्य, राष्ट्रिय भावना र जनउत्तरदायित्व बाट विचलित राजनीति र नेतृत्व केन्द्रमा भेटिन्छ । परिवर्तनको मर्म अनुरुप राज्यका संरचनाहरुको पुनर्संरचना लोकतन्त्रको सुदृढीकरण गर्ने कार्यले भन्दा सत्ता स्वार्थ व्यक्तिगत फाइदाको गलत मार्गमा नेतृत्व लाग्नुबाट राजनैतिक मूल्य र आदर्श स्खलित हुन पुग्यो । नेतृत्वको वरिपरि आलोचनात्मक चेत हराएकाहरुको बाहुल्यता बढदै जानु पनि अर्को कारण हो ।

राजनैतिक परिवर्तनका लागि भएको त्याग, बलिदान र नेतृत्वको योग्दानको उच्च सम्मान गर्दै लोकतन्त्र, राष्ट्रियता र जनताका सपनाबाट विचलित विकृत राजनीति प्रति घृणा गर्दै लोकतान्त्रिक मुल्यमा आधारित पारदर्शी जीवन व्यवहार, राष्ट्रवादि भावना र जनताप्रतिको उत्तरदायित्वपुर्ण आचरणमा प्रतिबद्ध हुँदै समावेशी विकास र सामाजिक न्याय सहितको राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं ।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दलहरूले शिक्षकलाई संगठन बनाउन लगाउने काम शिक्षा प्रणालीलाई ध्वस्त पार्ने अत्यन्तै गैरजिम्मेवार काम थियो

डा. सूर्यराज आचार्य । दलको संगठन मजबुत बनाउने तथा निर्वाचनमा आफ्नो पक्षमा मत

कर्णाली प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । गत

इलाम र बझाङमा उपनिर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न निषेध

काठमाडौं । १५ वैशाखमा हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ र

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न