संसदीय दलको बैठकमा प्रधानमन्त्रीले भने-जित हाम्रै हुन्छ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको नेकपाको केपी ओली समूहको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुको पक्षमा १ सय १५ जना सांसदहरु भएका र यो संख्या बढेर जाने भएकाले सांसदहरुलाई उत्साहजनक रुपमा अगाडि बढ्न सांसदहरुलाई निर्देशन दिएका हुन् ।

राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले बैठकमा प्रधानमन्त्रीले सरकार देश र जनताको पक्षमा लागिरहेकाले आफूहरुकै जित हुने बताएका थिए ।

प्रमुख सचेतक भट्टराईले संसदमा अविश्वासको प्रस्ताव पास नहुने भएकाले अविश्वासको प्रस्ताव ल्याउन कसैले हिम्मत नगर्ने दाबी पनि गरे । भट्टराईले कानुनी हिसाबले संसदीय दल विभाजन हुन कठिन भएको भन्दै आफ्नो पक्षबाट बाहिर गएका सांसदहरु समयक्रममा फर्किने विश्वास व्यक्त गरे ।

शुक्रबार नेकपाको प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठकमा आफ्नो पक्षमा बहुमत रहको दाबी गरेको थियो भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई हटाएर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको थियो ।

शनिबारको ओली समूहको संसदीय दलको बैठकले पनि आफ्नो पक्षमा सांसदहरुको बहुमत रहेको दाबी गरेको छ । प्रतिनिधिसभाको आइबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद