विप्लवजी, माफी चाहन्छु



नारायण गाउँले ।

तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले आमजनतालाई के दियो भन्ने थाहा पाउन सकिएन !
सामन्तवादविरुद्ध युद्ध भन्नुभो, शिक्षकको हत्या गर्नुभो । पूँजीवादविरुद्ध एनसेलको गेटमा बम पड्काएर निमुखो गरिबको ज्यान लिनुभो । हातमुख जोर्नसमेत समस्या भएका केही गरिब बम बनाउन सिक्दा सिक्दै त्यही पड्केर मरे । स्कुलदेखि चियापसलसम्म चन्दाको आतङ्क थियो । त्यो पैसा कहाँ कसरी खर्च भयो थाहा भएन । खैर, हातमा बम पड्केर ‘शहीद’हुने निमुखाको परिवारले पाएको भए बिसेक नै भयो । तल्लो स्तरको कार्यकर्ता जेलमा पर्दासम्म ठीक नै थियो । तर जब तपाईंका दाहिने हातहरू नै जेलमा सड्ने अवस्था आयो, तपाईं आत्तिनुभो । कतिसम्म भने तपाईंका छोराले मार्सीवाला दुर्गा प्रसाईँलाई मेडिकल माफिया भनेर मिडिया स्टन्ट गरे, तर अन्ततः तपाईं र प्रसाईँ दुबैले एकैपल्ट सरकारी टीका ग्रहण गर्ने अवस्था आइपुग्यो ।

तपाईं एक दशकअघि पनि प्रचण्डहरू सँगै हिंसाकै राजनीतिमा हुनुहुन्थ्यो । रोचक त के छ भने दश वर्षअघि नै त्यो हिंसा छोडेर तपाईंजस्तै मूलधारमा आउनेहरूलाई अझै पनि आतङ्ककारी देख्ने समाजले तपाईंलाई भने केही दिन शान्तिको दूत मानेर फूलमाला लगाउनेछ । तपाईंको फोटो बेचेर केहीले आफ्नो राजनैतिक अभीष्ट पूरा गर्नेछन् ।

तपाईंको गुप्तवासको क्षतिपूर्ति त ढिलोचाँडो तपाईंले ब्याजसहित पाउनुहुन्छ नै, तपाईंको शब्दक्रान्तिको पछि लागेर स्कुल र घर छोड्नेहरूको अवस्था अब के होला ? ती शिक्षकका टुहुरा सन्तानको के होला ?
जसलाई जे होला, त्यो हुँदै गर्ला, तर तपाईंलाई बधाई !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भाकोछ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मलई हराउने

पेट्रोलको यथावत, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम

संविधान संशोधनका लागि कार्यदल बनाउन प्रस्ताव गर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्नुपर्ने

भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको