वामदेव पार्टी एकताको निम्ति आह्वान गर्ने नेताको पक्षमा उभिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–नेपाल समूह र केपी ओली समूहका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अघि बढाउने बताएका छन् ।

मीनभवनस्थित निजामती अस्पतालमा कोभिडविरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै उपाध्यक्ष गौतमले प्रचण्ड–नेपाल समूह र केपी शर्मा ओली समूहका दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी पार्टी एकताको निम्ति दबाव दिने बताए ।

एकताको पक्षमा नहुने नेताहरुलाई भोट नदिनेसम्मको अवस्था सिर्जना गर्ने उनको भनाइ छ । उनले प्रचण्ड र केपी ओली अझैपनि एकताको पक्षको नआएको बताए । आफू विभाजनउन्मुख रहेको नेकपाको कुनै पक्षमा पनि नलाग्ने तर पार्टी एकताको निम्ति आव्हान गर्ने नेताको पक्षमा उभिनसक्ने गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेट अधिवेशन संचालनबारे सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । बजेट अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै, खुम्बु हिमनदी छोटिँदै

  सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप्ने सरकारको निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष

राष्ट्रपतिद्वारा उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र जनजीवन स्वस्थ बनाउन आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा