अहिले कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमतकासाथ सिंहदरवार फर्किन्छुः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् ।

उनले भने, ‘अहिले पनि आफूलाई हटाउन सजिलो छैन । यदि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि हुने चुनावमा तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’ प्रधानमन्त्रीले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको र सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए ।

उनले विएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने पनि बताए । उनले भने, ‘ दुर्गा प्रसाईजीले ठूलो आँट गर्नु भएको छ। उहाँको हिम्मतलाई धन्यवाद भन्नै पर्छ। दुर्गाजीको बिएण्डसीले अस्पतालमा मात्रै चलाएको थियो। अब सरकारले मेडिकल कलेज पनि चलाउन अनुमति दिँदैछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा

हाम्रो पार्टीको भूमिकालाई कसैले अवमूल्यन गर्छ भने उसले ठूलो मूल्य चुकाउनुपर्छः माधव नेपाल

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफू कसैको दास बन्ने व्यक्ति