कुनै गम्भीर समस्याका विरामीको सरकारी अस्पतालमा उपचार नहुने तर अर्को निजी अस्पतालमा हुने !



केशवप्रसाद भट्टराई ।
नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ समस्या, वीर अस्पताल अनि मै हूँ भन्ने पूर्व र वर्तमान प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीज्यूहरूसँग जिज्ञासा ?
१. नेपाली काङ्ग्रेसका नेता नवीन्द्रराज जोशीको गम्भीर स्वास्थ समस्या आफैंमा एउटा चिन्ताको विषय थियो ।

अर्को दुःखको विषय देशको सवैभन्दा ठूलो र जेठो अस्पताल, त्यसमाथि उच्चतम विशेषज्ञ डाक्टरहरू उत्पादनगर्ने मात्रै नभएर आफैँले चिकित्सा विज्ञानमा मास्टर तह र पीएचडी बराबरको डिग्री समेत प्रदान गर्ने कानुनी अख्तियारी समेत पाएको प्रतिष्ठान सम्वद्ध अस्पताल,
विगतमा राजा र रानीहरूले समेत जस्तोसुकै स्वास्थ्य समस्यामा पनि उपचार गराउने गरेको अस्पताल,
त्यस्तो अस्पतालमा काङ्ग्रेस नेता जोशी आफ्नो स्वास्थ्य समस्या लिएर जानुभयो, तर त्यहाँबाट उहाँलाई नर्भिक अस्पताल लैजानु पर्ने अवस्था आयो ।
वीर अस्पतालमा नहुने, गर्न नसकिने उपचार नर्भिकमा हुँदो रहेछ हो ?
वा अन्य कुनै कारणले वीर अस्पताल भन्दा नर्भिक प्राथमिकतामा पर्दो रहेछ !

२. चिकित्सा विज्ञानमा उच्चतम उपाधि प्रदानगर्ने संस्थाद्वारा संचालित अस्पतालमा नभएको जन शक्ति, सुविधा र क्षमता नर्भिकसँग भएको हो ?
अर्को शव्दमा ’विश्व विद्यालय अस्पताल’
मुलुकको विश्व विद्यालय अस्पतालमा कुनै गम्भीर समस्याका विरामीको उपचार नहुने तर अर्को निजी अस्पतालमा हुने !
अनि त्यस्तै अख्तियारी पाएको धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालबाट धेरै विरामी महाराज गन्ज स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइने गरेको सुनिन्छ –पढिन्छ ।
मुलुकका अन्य शिक्षण अस्पतालहरूमा विरामीको उपचार हुन सक्ने अवस्था रहेमा ती विरामीहरू पनि नर्भिक, मेडिसिटी वा अन्य निजी अस्पतालमा जान्छन् ।
शिक्षण अस्पताल भनेपछि त्यहाँ उपचार नहुने कुनै रोगको अनुमान पनि गर्न सकिन्न ।
कुनै रोगको उपचार गर्न नसक्ने शिक्षण अस्पतालले कसरी विभिन्न विधाका दक्ष विज्ञहरू उत्पादन गर्ने ? पैसा लिने अनि सर्टिफिकेट मात्रै छापेर वितरण गर्ने ?
वीर अस्पतालमा शौचालय कहाँ छ कसैलाई सोध्न पर्दैन,१०–२० हात वर बाटै आउने दुर्गन्धबाट कहाँ छ शौचालय थाहा हुन्छ,
भवन बाहिरको त कुरै छोडौं भित्र चिकित्सक हरूको कक्ष नजिकको इमर्जेन्सी परेर विरामी लिएर जानोस जसोतसो विरामीलाई भित्र लागिहाले पनि विरामी लिएर जाने व्यक्तिलाई बस्ने स्थान हुन्न ।
शौचालयको अवस्था त्रिवि शिक्षण अस्पतालमा केही राम्रो छ तर त्यहाँ पनि सन्तोषजनक छैन ।

३. निजी अस्पताल साँच्चैका अस्पताल जस्ता।
लौ निजी क्षेत्रको व्यवस्थापन स्वायत्तताका कारण केही सजिलो होला तर शौचालय , विरामी लिएर जाने मानिस बस्ने ठाउँ , अँध्यारा कोठाहरू , रोग निको पार्न जानेहरू कतै एउटा रोगको उपचार गर्न जाँदा अर्को रोग पो बोकेर फर्कनु पर्ने हो कि कि सरकारी अस्पतालबाट ?
अस्पतालको परिचय विरामी राख्ने कोठा, शौचालय, सफाई आदि अस्पतालको पहिलो परिचय त्यसपछि डाक्टर र नर्सहरूको सेवा भाव र पेशागत दक्षता र क्षमताले दिन्छ !
मुलुकमा जम्मा जम्मी करीव दुई हजार सरकारी डाक्टरहरू, नर्सहरूको सङ्ख्या थाहा छैन ,
मुलुक भरी सय वटा जति सरकारी अस्पताल होलान अस्पताल !
केही हजार स्वास्थ्य कर्मी र लेखा, प्रशासन र अन्य कर्मचारीहरू,
त्यतिको व्यवस्थापन गर्न कुनै मुस्किल को काम जस्तो त लाग्दैन ।

४. एउटा जिल्लाका दुई तीन सय सरकारी विद्यालय र तीन, चार पाँचहजार शिक्षकहरूलाई केही अघि सम्म जिल्ला शिक्षा अधिकारीहरूले नियन्त्रण , रेखदेख र अनुगमन गर्ने गर्दथे ।
यौटै विद्यालयको प्राधानाध्यापकले हरेक दिन दुई तीन, चार पाँचहजार विद्यार्थीहरूलाई सिकाई प्रक्रियामा संलग्न गराइरहेको हुन्छ ।
त्यत्रो स्वास्थ्य मन्त्रालय त्यसका विभिन्न शाखा प्रशाखाहरू कागज दौडाएर मात्रै ?
के गर्नु हुन्छ मन्त्रीजीहरू ?
के गर्नु भयो मन्त्रीजीहरू ?
के गर्नु भयो प्रधानमन्त्रीजीहरू ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवीन्द्र मिश्र र विवेकशील साझा पार्टी बारे !

केशवप्रसाद भट्टराई । नेपालका अधिकांश समस्या र चुनौतीसँग सामना गर्ने दृष्टिकोणको सवालमा रवीन्द्र

जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि ओहोदाको प्रमाणपत्र

काठमाडौं । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले जिम्मेवारी सम्हालेको करिब १ वर्षपछि

लुटेरा तरिकाले सरकारमा पुग्नुपर्ने कुरा रोकिएपछि प्रतिगमन भयो भनेर हल्ला चलाइयोः प्रधानमन्त्री

काठमाडौं । मुलुकमा लोकतान्त्रिक आन्दोलनमा सरिक भएर ज्यानको आहुति दिने व्यक्तिको सम्मानमा ‘लोकतान्त्रिक

थप ५८० जनामा कोरोना संक्रमण, १२९ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि