ममाथि शारीरिक हमला भए अनौठो मान्नु पर्दैनः प्रधानमन्त्री



पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि जुनसुकै बेला शारीरिक हमला हुन सक्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूहरुमाथि शारीरिक हमला भए अनौठो मान्नु नपर्ने बताएका हुन् ।

उनले सरकार र पार्टी राम्रोसँग चलाएकाले आफूमाथि सबैतिरबाट प्रहार भएको दाबी गरे । उनले भने,‘ममाथि अहिले सबैतिरबाट प्रहार भइरहेको छ । मेरो ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’ प्रधानमन्त्रीले आफू नरहे पनि पार्टीको भविष्य अन्धकारतर्फ जान नदिन कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘म रहिन भने पनि केही हुँदैन तर प्रतिक्रियावादी तत्वहरुसँग घुँडा टेक्नु हुँदैन । ममाथि झुठा लाञ्छना लगाउने र अपमान गर्ने मात्र काम भएको छ । तर डराउनेवाला छैन ।’ प्रधानमन्त्रीले प्रचण्ड-नेपाल समूहले देशको उन्नति र एकता नचाहेको आरोप लगाए । उनले सरकारले असाधारण काम गरेको तर पार्टीभित्रैबाट रोक्ने काम भएकाले अहिलेको अवस्था सृजना भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस र एमालेद्वारा सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल गठन

काठमाडौँ । सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कांग्रेस र एमालेले चार सदस्यीय कार्यदल

खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः मन्त्री यादव

वीरगञ्ज (पर्सा)  । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या

चाडपर्व सुरु हुनुअघि नै सडकका खाल्डाखुल्टी  पुरिसक्न भौतिक पूर्वाधार मन्त्रालयको निर्देशन

  काठमाडौँ । दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि