यदि नेपाली युवाको चेत भर्न सकिएन भने, अब देशको आयु १० वर्ष मात्र हो



डा. युवराज संग्रौला ।
के नेपालका सबै पहाड खनेरै सक्ने हो ? विकासका नाममा (१) जता बाटो खन्ने र डिलमुनिका जग्गाहरु उत्पादनहिन बनाउने (२) भित्तामा ढुंगाको पर्खाल लगाउने, (३) भवन बनाउने र खाली छोड्ने। किन यस्ता कथित विकासद्वारा देशलाई मरुभूमिकरण गरिंदैछ ?

१. यस्ता विकासमा लेनदेन हुँदो रहेछ । नेताका मानिसका डोजर हुँदा रहेछन् । यस्ता विकासमा पैसा खर्च गर्न सजिलो हुँदोरहेछ । देशको पुरै विकास पद्धति भ्रष्टाचारको पर्याय भएछ ।

२. अहिले जताततै पहाडहरु काटेर प्लटिङ्ग भैरहेको अवस्था छ । काटिएका डाँडाहरु हेर्दा मन रुन्छ । जंगल सखाप पारिरहेका छन् । यस्तो खुलेआम भ्रष्टाचार हुँदा नेताहरू, शासकहरु र जनता कसैलाई सरोकार छैन । गाउँ गाउँमा माफियाको जगजगी छ। देश दर्जनौ ब्वाँसाहरुले जीउँदै चिथोरेको मृग जस्तो भएको छ ।

म आघिअघि हिँडे र मेरा विद्यार्थी पछि पछि हिँडिरहेका थिए । एउटा ठाउँमा पुगियो । त्यहाँबाट देखियो, पहाड सबैतिर चिरिएको छ । तीन सय मिटर माथिबाट एउटा बाटो छ, तल्तिर एउटा डोजर धमाधम अर्को बाटो खोतलीरहेको छ । बाटाका भित्तामा तिर्तिरे धारो पाइपबाट खसिरहेको छ । तीन दर्जन महिला गाग्री लिएर बसेका छन् । जंगलका बीचमा अर्को डोजर धमाधम रुख ढाल्दै बाटो खन्दैछन् । यी कुनै बाटोमा गाडी कुद्दैछन् । मेरो एउटा विद्यार्थी प्रश्न गर्छिन्, ‘सर मानिसले खुट्टाले हिँडेरै यात्रा गर्ने हो भने, बाटो किन खन्ने ?’

३. एउटा बिम्ब मेरा दिमागमा उठ्छ। “अफ्रिकाको एउटा जङ्गलमा सिंहहरुको एउटा बथानले एउटा सुत्केरी अर्नामाथि आक्रमण गर्दछन् । कोही ढाडमा चढछ्न। कोही घाँटीमा टोक्छन् । कोही पछाडिका खुट्टामा, कोही अगाडिका खुट्टामा टोक्छन् । अर्ना बाँच्न संघर्ष गर्छ । लडिरहन्छ । रक्ताम्य हुन्छ । उसको सानो पाडो बथानमा आमा खोजेर रन्थनिन्छ।“ मेरो देशको अवस्था यस्तै हो अहिले ।

४. स्कुलमा विद्यार्थीले केही सिक्दैनन्, उनीहरु न हिसाब जान्दछन्, न भुगोल न विज्ञान। उनीहरुका शिक्षक प्रतिनिधिसभाको विघटनमा बाँडिएका छन्, बोलचाल नै छैन । पुरै गाउँ बाँझो छ, तर बाटाका किनारमा जस्ताले बारेका जस्ताले छाएका अर्धदुकान भट्टी छन् । खुबै रक्सी बिक्छ । माथी बस्तीबाट अधिकारी बाहुन हर्पेमा दूध लिएर आउँछन्, र दुकानमा बुझाउँछन् । टोपीको भित्री पल्टाएर पसिना पुस्छन् र एउटा कोकको बोतल माग्छन् । गरीबका पैसा अमेरिकी बहुराष्ट्रिय निगमले लगिरहेको छ, तर हेल्थ पोष्टमा दबाइ छैन । आँगनमा क्यारेम खेलिरहेका युवाहरू प्रचण्डे चोर र ओली चोर र देउवा चोर मुर्दावाद भन्दै गोटीमा हान्छन् ।

५. मेरो देशको बास्तबिकता यही हो । यदि नेपाली युवाको चेत भर्न सकिएन भने, अब देशको आयु १० बर्ष मात्र हो । म जस्ता बुद्धिजीबीलाई पनि राष्ट्रले धिकार्ने दिन आउँदैछन् । गाउँघरमा कम्युनिष्ट पार्टी र कांग्रेस पार्टीको दबदबा छ, तर तिनमा कम्युनिष्ट र कांग्रेस छैनन् । कोही तरकारी ठेकेदार, कोहि डोजर मालिक, कोहि कमिसन संकलक र कोहि एन्जिओका मालिक छ्न्

अब राष्ट्रि उत्पादन र स्वाभिमानको खेती गर्नैपर्ने भयो । अब सत्ताको राजनीतिलाई निषेध गर्दै, राष्ट्रको स्वाभाविमान र आर्थिक विकासका लागि वैज्ञानिक चेतना निर्माण गर्ने अभियानमा लाग्ने अठोट गरियो । किसानका पछाडि उभिने अठोट गरियो । आउनुहोस्, वर्तमानलाई सुधार्दै भविष्यको निर्माण गरौं । उखान छ, असल चराले बास बस्न राम्रो रुख छान्छन् । भ्रष्टाचारलाई राजनीति बनाउनेकाविरुद्ध आवाज बुलन्द गर्दै समाजको रुपान्तरण, निर्माणको रणनीति, जीवनको उत्पादनशीलता, र खुसीको निर्माणलाई राजनीति बनाउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर

पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला

काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहमद आफताब आलम र उनका भाई मोहमद

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार