बाहिर हिँड्दा, देख्दा लाग्छ कि, कोरोना अब छैन



डा. अनुप बास्तोला ।

बाहिर हिँड्दा, देख्दा लाग्छ कि, कोरोना अब छैन । खोप आइसक्यो वा कोरोना अब सक्कियो भनेर हो कि आम सर्बसाधारण मापदण्ड पालना नगरी ढुक्क देखिन्छन । तर, टेकू अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीको उपस्थितिले यसो भन्न मिल्दैन ।

महामारीको मध्यमा जस्तो बिरामीको चाप नभए पनि टेकूमा कोभिडका बिरामी आइरहेकै छन्, त्यो पनि आईसीयूमै । यसले देखाउँछ, कोभिडबाट सिकिस्त बिरामी अझै हुनुहुन्छ । अर्थात, बिरामी थपिने क्रम घटेको छ, तर रोकिएको छैन ।

अन्य अस्पतालले कोभिडका बिरामी राख्न बन्द गरेर टेकूमा चाप कायमै रहेको पनि हुन सक्छ । तर पनि अवस्था त्यति ढुक्क हुने किसिमको छैन । त्यसैले खोप अभियान आम सर्वसाधारणमा नपुगेसम्म र खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गरौं ।

कोरोना नियन्त्रणमा विश्व समुदाय खोप सँगसँगै अझै कसो गर्ने र के गर्ने भन्ने अवस्थामै छ । हामीसँग कोरोना कहिलेसम्म बस्ने हो ठेगान छैन । त्यसैले बाहिर-फेर निस्कँदा सुरक्षाका मापदण्ड नत्यागौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रे।  नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ ।