केपी ओलीजस्तो अनैतिक नेता संसारमा कोही पनि देखेको छैनः भीम रावल



काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका नेता डा. भीम रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको बताएका हुन् । उनले भने,‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ । तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो । केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही पनि देखेको छैन ।’सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरिसक्दापनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनले टिप्पणी गरे ।

उनले आफूहरुको मुख्य लडाईँ भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको बताए । उनले भने,‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’

उनले नेकपाको विधान र संसदीय दलको विधानअनुसार आफूहरु अघि बढेको पनि स्पष्ट पारे । रावलले केपी ओलीको गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने,‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन ।’

प्रधानमन्त्री ओलीको कदमविरुद्ध सबै दल, नागरिक समाज, बुद्धिजिवी आन्दोलनमा उत्रिएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षाको लागि सडकमा आउने सबै शक्तिसँग सहकार्य गरिने बताए । उनले भने,‘हामी सबैसँग सहकार्य गरेर अघि बढ्छौं ।’ ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए ।

रावलले अब को प्रधानमन्त्री हुन्छ ? भन्ने कुरा आफूहरुको लागि ठूलो कुरा नभएको पनि सुनाए । उनले भने,‘प्रधानमन्त्री को हुन्छ ? भन्ने हाम्रो विषय होईन् । सर्वोच्च अदालतले यत्रो फैसला गरेको छ, हाम्रो पार्टी नेपाली कांग्रेस जसपा दल, नागरिक समाजसँग सहकार्य गर्न चाहन्छ । हामीलाई मन्त्री हुने, प्रधानमनत्री हुने हतारो छैन् । कानून हाम्रो पक्षमा छ । हामीले हतारो नगरेको हो । राष्ट्रिय हितलाई माथि राख्नुपर्यो । अहिले हामी छलफलमा भएकोले हतारो नगरेको हो ।’

प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको सुनाउँदै रावलले भने,‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौं भनेर दाबी गर्नुभएको छैन । सहमतिबाट जो पनि बन्ने भयो । संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ ।’

रावलले अहिले आफूहरुको मुख्य विषय प्रधानमन्त्री ओलीमाथि भएकोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कारबाही नगर्ने सुनाए । उनले भने,‘अहिले प्रधानमन्त्रीमाथिको प्रसंग छ। केबल प्रधानमन्त्रीजीले असंवैधानिक र अलोकतान्त्रिक काम गर्नुभयो र अदालतको यत्रो फैसला गर्दापनि म त प्रधानमन्त्री नै रहिरहन्छु भनेर बोल्ने काम गर्नुभो । यो त उहाँले लल्कार्ने काम हो ।’

सांसदहरु खरिदबिक्रि सुरु भयो अरे नि भनेर सोधिएको अर्को प्रसंगमा रावलले भने,‘देशको प्रधानमन्त्रीले, सांसद किनबेच सुरु भयो भन्नु देशको अपमान हो । लोकतन्त्रको अपमान हो । हाम्रो त दिमागमा पनि त्यस्तो आउँदैन । तर, ओलीको दिमाग नै त्यस्तो छ ।’
रावलले पार्टीका सबै कमिटीमा आफूहरुको बहुमत रहेको जिकिर गरे । उनले भने,‘केन्द्रीय कमिटीमा झण्डै दुई तिहाई छ, स्थायी कमिटीमा दुई तिहाई छ । संसदीय दलमा हामी बहुमतमा छौं । निर्वाचन आयोगले बैद्यताको कुरा घामजत्तिकै छर्लङै छ । किन ढिलाई गरेको हो ?’

रावलले आफ्नो पक्षसँग स्पष्ट बहुमत रहेको दाबी गरे । उनले भने,‘नेकपामा सांसदहरु १६९ हो, त्यसमा बहुमत हुनलाई जति चाहिन्छ, त्यति हामीसँग छ ।’ उनले दलको आधिकारिकता दिन निर्वाचन आयोगले ढिलाई गरेकोमा गुनासो पोखे । उनले भने,‘आयोगले ढिलाई नगरे हुन्छ । कानूनको आधारमा निर्णय गर्नुपर्छ । आयोगले विलम्ब गर्नु भनेको दुःखद् कुरा हो । बहुमत हुनेले निर्णय गर्ने कुरा नै आधिकारिकता हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापाको प्रश्नः मेरो पार्टीका नेताले खराब काम गर्छ भने थुन्ने हो भन्ने हिम्मत रास्वपाले गर्छ ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गलत काम गर्ने जोसुकैलाई कानुनी दायरामा

यस्तो छ प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत ओलीको राजनीतिक प्रतिवेदन(पूर्णपाठ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाउन आफ्नो

सुनकोसी मरिण डाइभर्सनको सुरुङ छिचोल्न एक सय १० मिटर मात्र बाँकी, वैशाख २६ गते ‘ब्रेक थ्रु’ गरिने

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण

नीति र नेतृत्वमा एमालेभित्र कुनै विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका  अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा