पार्टीको आधिकारिता र वैधानिकता हामीसँग छः प्रचण्ड



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीमा छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको बताएका छन् ।

नेकपा सम्बद्ध शिक्षकहरुको राष्ट्रिय भेलालाई शनिबार ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र बैठक बस्न नदिने, बहस पटक्कै मन नपाउने नेतृत्वमा पुग्न जस्तो सुकै पनि सहमित गर्ने खुराफाती दिमाग मात्र ओलीमा रहेको बताए । उनले ओलीको यही प्रवृत्तिका कारण आफूहरु सडक आन्दोलनमा आउनु परेको बताए ।

उनले भने, ‘अध्यक्षता पालैपालो र प्रधानमन्त्री आलोपालो गर्ने केपी र म बसेर हस्ताक्षर गरेको हो । तर दुबै विषय कार्यान्वयन नगर्ने, अन्तरिम विधानका कुनै कुरा लागू नगर्ने । ‘आइएम द स्टेट’ म नै श्री ३ महाराज भन्ने । सर्वोच्चको बहसमा पनि देखिाल्नुभयो नि प्रधानमन्त्रीलाई श्री ३ लाई जस्तो अधिकार छ रे।’ उनले पार्टीका अरु नेतासँग झगडा पार्न अनेक तिकडम गर्ने ओलीको प्रवृत्ति रहेको बताए ।

ओलीसँगको कुराकानीको एउटा प्रसंग सुनाउँदै भने, ‘ खुरापात गर्नका लागि जे पनि भन्ने । मलाई एमाले सम्हाल्न तपाईँ एकमात्र नेता हो भने । कस्तो ठगी कुरा गर्या अनि म पत्याउँछु त यस्ता कुरा । माधवजीलाई चार जिल्लामा सीमित गर्ने र प्रचण्डलाई किचिक्क पार्ने ओलीको योजना थियो । मैले यो कुरा जेठमा पार्टी एकता गरियो साउनमै कुरा थाहा पाएँ । वामदेवले नछाड है तैँले भन्नुहुन्थ्यो । तीन वटा भोटा बढी फटाएको छ भन्थे मलाई । अनि म फकिइहालें । अनि अध्यक्ष दुई जना पो भनेको हो । तर पछि उनी एक नम्बरको अध्यक्ष भए मलाई दुई नम्बरको अध्यक्ष बनाइदिए । कस्तो छट्टु त ।’

उनले बहुमतको निर्णयअनुसार व्यक्ति संगठनको मातहत हुने लेनिनवादी सिद्धान्तमा आधारित भएर ओलीसँग सहमति गरिएको पनि बताए । उनले अबको बाटो भनेको समाजवादउन्मुख जनताको बहुदलीय जनवाद भनेर हस्ताक्षर पनि दुबैले गरेको भन्दै उनले अहिले जबज त हामी हो अर्को त माओवादी भन्दै ओलीले झुट र बेइमानी गरिरहेको बताए ।

उनले भने, ‘हिजोको एमाले कहाँ छ, माओवादी कहाँ छ भन्दा अहिले नेकपामा ? यदि हिजोको एमालेलाई ओलीले सोधेको हो भने माधवकुमार नेपाल यहीँ हुनुहुन्छ।’ उनले पार्टीको आधिकरिकता र बैधानिकताको आफूहरुले प्रतिनिधित्व गरेको र यो कुरालाई जनव्यापी रुपमा स्थापित गर्न शिक्षकहरुलाई आग्रह गरे ।

केपी ओलीले विगतमा शिक्षकहरुलाई एकता गर्न नदिएको भन्दै अब शिक्षकहरुलाई एकता गर्न आग्रह गरे । उनले सडकबाट आफूहरुले लडाईँ जितेको र सर्वोच्चले न्याय दिएको बताए । यसबाट नेपालको छवि माथि उठेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको