कांग्रेसले संसदीय प्रक्रिया सुरु भएपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने



काठमाडौं । नेपाली कांग्रेसको संसद सुरु भएपछिमात्र सत्ता समीकरणको सम्बन्धमा निर्णय लिने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी बैठकले संसदीय प्रक्रिया सुरु भएपछि सत्ता समीकरण लगायतका आफ्नो भूमिकाको बारेमा निर्णय लिने निष्कर्ष निकालेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया अगाडि बढेपछि त्यसै अनुसार आफ्नो पार्टीले निर्णय लिने बताए । संसदीय प्रक्रिया अगाडि नबढी कांग्रेसको भूमिका नहुने भएकाले संसदीय प्रक्रिया सुरु भएपछि समीकरणकाबारेमा निर्णय लिने बताए । पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरी संविधान, लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीलाई बचाएकोमा धन्यवाद दिए ।

बुधबार नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई भेट गरी सत्ता सहकार्यका लागि आग्रह गरेका थिए । तर देउवाले पार्टी बैठक बसेर यसबारे निर्णय लिने बताएका थिए । \

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्वोच्चद्वारा नेपाली कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । शुक्रबार

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको

सहकारीका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्छः मन्त्री अधिकारी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीको नियमन सुपरीवेक्षण

आयरल्यान्डद्वारा नेपाल ए लाई २२३ रनको लक्ष्य

काठमाडौं । आयरल्यान्ड ए विरुद्धको तीन खेलको टी२० सिरिजको पहिलो खेलमा नेपाल ए