सहकार्यका लागि जसपाका नेतालाई प्रचण्ड-नेपाल समूहको प्रस्ताव



काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टीका नेताहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

बिहीबार नेकपाको पार्टी कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो ।

छलफलमा आगामी दिनमा सहकार्य गरेर जानका लागि प्रचण्ड–नेपाल समूहले प्रस्ताव गरेको जनता समाजवादी पार्टीका नेता महतोले जानकारी दिए । छलफलमा जसपा नेताहरुले प्रचण्ड–नेपाल समूहको पार्टी कुन हो स्पष्ट पार्न आग्रह गरेका थिए । आफूहरुले नेकपाको प्रस्ताव पार्टीको बैठकमा छलफल गर्ने बताएको महतोले जानकारी दिए ।

जसपाका नेताहरुले पटक पटक आफूहरुले गरेको सहमतिमा धोका खाएको पनि स्मरण गराएका थिए । जसपा नेताहरुले आफ्नो पार्टीका सांसद रेशम चौधरी लगायतका नेताहरु अझैपनि बन्दी जीवन बिताउनुपरेको भन्दै बन्दी रिहाईका लागि संघर्ष गरिरहने बताए ।

सर्वोच्च आदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएसँगै सत्ता समीकरणका लागि प्रचण्ड–नेपाल समूहले राजनीतिक भेटघाटलाई तिव्रता बनाएको छ । बुधबार प्रचण्ड–नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

आगलागी पीडितको बसोबासको यथोचित प्रवन्ध गर्न सरकारसँग देउवाको माग

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगलागी प्रभावितको राहत

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि