६८ जिल्लामा प्रचण्ड-नेपाल समूहद्वारा नेतृत्व चयन
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । जसमा ३५ जिल्लामा पूर्वमाओवादी पक्षले नेतृत्व पाएको छ भने ३३ जिल्लामा पूर्व एमाले पक्षधरले नेतृत्व पाएको छ ।
बाँकी ९ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित भएको छ ।