खोपको प्राथमिकता र प्रभावकारिता



डा. रवीन्द्र पाण्डे ।

खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो | कारणबश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन बर्ग बढी जोखिममा हुन्छ, उक्त बर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ |
– फ्रन्ट लाइनका स्वास्थ्यकर्मी |
– जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ |
– जेष्ठ नागरिक जसलाई दीर्घरोग छैन |
– बयस्क जसलाई दीर्घरोग छ |
– अन्य पेशाकर्मी जो जनतासंग प्रतक्ष्य सम्पर्कमा रहेर काम गर्छन |
– बसचालक / हेल्पर, शिक्षण पेशामा संलग्न व्यक्तिहरु |
– बयस्क जसलाई दीर्घरोग छैन |
– एकपटक कोरोना संक्रमण भएका व्यक्ति ( यो समुहलाई न्याचुरल एन्टिबोडीले काम गरेको हुन्छ )
– १८ बर्षमाथिका सबै व्यक्ति |
.
खोपको अन्तर कति गर्ने ?
.
४ हप्ताको अन्तरमा दोस्रो मात्रा लिंदा कोभिशिल्ड खोप ५४ .९ प्रतिशत प्रभावकारी देखिएको छ भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लिंदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको अनुसन्धानले देखाएको छ |
पहिलो मात्राले लगाएको २२ दिन देखि ९० दिनसम्म कोरोना संक्रमण हुने सम्भावना ६७ % कम हुन्छ भने संक्रमण भएर गम्भीर हुने वा मृत्यु हुने सम्भावना अन्त्यन्त न्यून हुने अध्ययनले बताएका छन् |
.
नयाँ प्रजातिमा प्रभावकारिता
.
कोभिशिल्ड खोप बेलायतबाट फैलिएको नयाँ प्रजातिलाई प्रभावकारी देखिएको तथा अफ्रिकामा फैलिएको प्रजातिमा १० % मात्र प्रभावकारी देखिएको हुँदा अक्सफोर्ड / एस्ट्रेजेनेकाले सेप्टेम्बरसम्म उक्त प्रजातिलाई पनि काम गर्ने गरि खोप बिकास गर्ने जनाएको छ |
.
चिनियाँ खोपको प्रभावकारिता
.
चिनिया कम्पनी सिनोफार्मको खोप भेरो सेललाई औषधि ब्यबस्था विभागले आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ | चीनले ५ लाख डोज खोप नेपाललाई सहयोग गर्ने बताएको छ | युएइमा १२५ देशका ३१ हजार व्यक्तिमा गरिएको परीक्षणमा यो खोप ८६ % प्रभावकारी देखिएको छ भने गम्भीर प्रति असर देखिएको छैन | यो खोप चीनमा १ करोडभन्दा धेरै व्यक्तिले लगाएका छन् भने बहराइन, युएई, जोर्डन, अर्जेन्टिना, मोरक्को, पेरु लगायतका देशमा पनि खोप कार्यक्रम चलिरहेको छ | यसको पनि २ मात्रा ४ हप्ताको अन्तरालमा लगाउनुपर्दछ |
यो खोप महँगो भएकोले नेपालले अनुदान वा भारी छुटको लागि पहल गर्नुपर्ने देखिन्छ |
.
कुटनैतिक पहल
.
रुसको सपुत्निक भी ९२ प्रतिशत प्रभावकारी देखिएको ग्यामेलिया इन्स्टिच्युटले जनाएको छ | सरकारले कुटनैतिक च्यानल प्रयोग गरेर रुस तथा अमेरिका ( मोडेर्ना खोप जसलाई माइनस २० डिग्रीमा केहि लाख मात्रा भण्डारण गर्न नेपालले सक्दछ ) बाट पनि अनुदानमा खोप ल्याउने प्रयत्न गर्नुपर्दछ |

त्यस्तै तेस्रो चरणको क्लिनिकल ट्र्याल पुरा भएपछि भारतको कोभ्याक्सिनको लागि पनि पहल गर्नुपर्दछ | चीनका सिनोभ्याक लगायत अन्य प्रमाणित खोपको लागि पनि पहल गर्न सकिन्छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, पर्यटनमन्त्री पाण्डेको नेतृत्वमा प्रभातफेरी(फोटोफिचर)

काठमाडौँ । महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन

काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर