काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेताहरुले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । आइतबार सामाजिक संजालमार्फत अध्यक्ष थापाले यस्तो बताएका हुन् ।
उनले लेखेका छन्, ‘आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने प्रधानमन्त्रीको चेतावनी, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध, सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने, सडक प्रदर्शन गरी दलका नेताहरुले अदालतलाई तर्साउने धम्क्याउने, कार्यहरूले गणतन्त्रलाई गाईजात्रा बनाए ।’


प्रतिक्रिया