न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन, संविधानको धारा होः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतलाई विना भय संविधानसम्मत निर्णय गर्न आग्रह गरेका छन् । शनिबार राति सामाजिक संजाल फेसबुकमार्फत कसैको धम्की र भय नमानी संविधानसम्मत निर्णय गर्न आग्रह गरेका हुन् । उनले न्यायमूर्तिले मान्छेको संख्या हेर्ने नभई संविधानको धारा हेर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सर्वोच्चले फैसला गर्नुअघि देशभर भएका यस्ता सभा सम्मेलन हेरोस् भन्ने अभिव्यक्ति दिएका थिए ।

थापाले लेखेका छन्, ‘न्यायमूर्तिले हेर्ने मान्छेको संख्या होइन संविधानको धारा हो । अदालतले विना भय संविधानसम्मत निर्णय गरोस् । प्रधानमन्त्रीले सत्ता उन्मादमा शक्तिको दुरुपयोग गरेर देखाएको भिड नाप्ने जिम्मा जनताको हो । स्मरण रहोस् ! सत्तामा हुँदा आफूलाई हेर्न आएका भिडको भ्रम कुनै वेला महाराजलाई पनि थियो त !’

त्यस्तै विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै सेटिङबाट जनताको विपक्षमा फैसला आए आफूहरुको आन्दोलन अगाडि बढ्ने बताएका थिए । उनले फैसला गर्नुअघि देशभर भइरहेका यस्ता सभा सम्मेलनमा सर्वोच्चले ध्यान दिने आफूलाई विश्वास लागेको बताए । उनले भने, ‘कुनै सेटिङ र तिकडम गरी देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ र त्यस्ता शक्तिलाई पराजित गर्छौ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारविरुद्ध रणनीति तय गर्न विपक्षी दलहरुको संयुक्त बैठक सिंहदरबारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बीबीसी । महाअभियोग लागेका दक्षिण कोरियालका निलम्बित राष्ट्रपति योन सुक योल पक्राउ परेका

भूकम्प दिवसः पूर्वतयारीका लागि सङ्कल्प जरुरी

प्रगति ढकाल, काठमाडौं । विसं १९९० को विनाशकारी भूकम्पको त्रास बेहोर्नेहरु अहिले निकै

एमालेका अर्का नेतामाथि पनि कारबाही, नेतृत्वविरुद्ध आलोचना गरेको आरोप

विराटनगर । नेकपा एमालेले कोशी पूर्वसांसद विमल कार्कीलाई कारबाही गरेको छ । नेतृत्व