उपराष्ट्रपतिको प्रचण्डपथीय मन्तव्य !



सूर्य थापा ।
अस्पताल भर्ना भएकाे वा उपस्थित हुन नसक्ने गरी गंभीर स्वास्थ्य समस्यामा रहेकाे अवस्थामा पूर्व जानकारी गराएर बाहेक उपराष्ट्रपति र सभामुखको पदीय जिम्मेवारी एवं कर्तव्य र संविधानबमोजिमकाे उपस्थिति स्वेच्छिक हाेइन र हुनै सक्दैन ।

उपराष्ट्रपति नै राष्ट्रपति भवनमा आयाेजित सपथग्रहण समारोहमा उपस्थित नहुनु र राष्ट्रपतिले संविधानबमोजिम लिनुभएको निर्णयमा व्यक्तिगत कुण्ठा र बकबास गर्दै (पत्रकार महासंघकाे महाधिवेशन उद्घाटनका अवसरको प्रचण्डपथीय मन्तव्य) हिड्नु झन् गैरजिम्मेवारी हाे । अझ नबाेल्ने सम्मानित पदमा बसेर यसढंगले गैरजिम्मेवार बन्न त किमार्थ पनि मिल्दैन ।

पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्याधीशहरू, पूर्व उपकूलपति र पूर्व प्रमुख निर्वाचन आयुक्तजस्ता “पूर्वहरू”काे बिजाेग त यसअघि नै सार्वजनिक हुँदै आएकाे अधाेपतन छँदै थियाे ।

बहालवाला उपराष्ट्रपति र सभामुखकाे यसप्सकारकाे अनुपस्थिति, बहिस्कार र कर्तव्यच्यूत रवैया देख्नेहरूका लागि पाे लाजमर्दो भयाे ! गरिमामय पदमा आसीन हुने, तर उक्त पदलाई विपक्षी बनाएर दायर रिटमा पक्षमा बहस गर्न वकिल पठाउने, बाेलाइएकाे बैठकमा उपस्थित नहुने, निर्णय गर्न अवराेध र अर्घेल्याई गर्ने, निर्णयविरुद्ध न्यायालयमा स्वयं रिट लिएर जाने, सपथग्रहण समारोह बहिस्कार गर्ने,अनि पदीय मर्यादा र गरिमाकाे खिल्ली उडाएर नै राज्यका प्रमुख पदाधिकारीकाे स्थानमा बसिरहने/ टाँस्सिइरहने ? सरकारविरुद्द विभिन्न अनुचित भेटघाट, गाेप्य र रहस्यमय बैठकहरू आआफ्ना निवासमा आयाेजना गरिरहने – याे के रवैया हाे ? राज्यका प्राप्त पद र हैसियत धान्न आवश्यक याेग्यता, क्षमता, हैसियत, जवाफदेहिता र जिम्मेवारीबाेधकाे कमी, अभाव र हैसियतकाे दुरूपयाेगकाे समस्या नै देखिएकाे हाे कि याे खासमा के हाे ?

पद, जिम्मेवारी, कर्तव्य र दायित्व अनि नैतिकताकाे संकटमा उपचार के हुन्छ ? सचेत नागरिक तहमा उठिरहेका गंभीर प्रश्नहरू !

थापा प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेश बिचौलियाले महत्त्वपूर्ण जग्गा हडप्ने योजनाअनुसार आएको अध्यक्ष यादवको आरोप

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले भूमिसम्बन्धी अध्यादेश भूमिहीनको

पाँच सय जना नयाँ चिकित्सकको दरबन्दी सिर्जना गरी परीक्षाका लागि विज्ञापन निकाल्ने तयारी

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा लगानी नबढाएसम्म स्वास्थ्यसेवामा नागरिकको

साना पार्टीको समुल अन्त्यको पक्षमा एमाले महासचिव

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई

सप्तरी पुगेर प्रचण्डले भने-नक्कली मधेसवादी दलसँग सावधान रहनुस्

राजविराज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी