संसद विघटनविरुद्ध बृहत नागरिक आन्दोलनको टुँडिखेलमा मार्च



काठमाडौं । बृहत नागरिक आन्दोलनले शुक्रबार काठमाडौंको टुँडिखेलमा टुँडिखेल मार्च आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा बृहत नागरिक आन्दोलनले टुँडिखेल मार्चको आयोजना गरेको हो ।

रत्नपार्कबाट सुरु भएको मार्च भद्रकाली, सहिदगेट हुँदै टुडिखेलको गेट अगाडि रहेको संकटा मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो । मार्चका सहभागीहरुले ‘जनताको हो टुुँडिखेल’, ‘टुँडिखेल फिर्ता गर’, ‘नागरिक आन्दोलन सफल पारौं’, ‘गणतन्त्र जिन्दावाद’, लेखिएका प्लेकार्ड बोक्नुका साथै नारा लगाएका थिए ।

त्यसक्रममा उनीहरुले संसद विघटनविरुद्ध व्यङ्ग गर्दै कतिवा वाचन र कार्टुन प्रदर्शनसमेत गरेका थिए । मार्चपछि बृहत नागरिक आन्दोलनले आजै ‘नागरिक घोषणापत्र २०७७’ समेत जारी गरेको छ । घोषणा पत्रमा लोकतन्त्रलाई जीवन्त बनाउन राजनीतिक दलहरुले संवैधानिक संस्कार आत्मसात गर्न नसकेको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूमिसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,

रवि लामिछानेसँग ६० लाख धरौटी माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत काठमाडौंले ६० लाख

रविका समर्थकद्वारा काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा आक्रमण भएको छ

समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा कार्यक्रम गर्ने

काठमाडौं । समाजवादी मोर्चाले माघ १६ मा काठमाडौंमा आमसभा गर्ने भएको छ ।